रास्काेट ~बालबालिका तथा किशोर किशोरी भविष्यको कर्णधार मात्र होइनन् वर्तमानका साझेदार हुन भन्ने सोच तथा व्यवहार गर्नु पर्ने कुरामा हामी सबै अवगत छौ ।भनी अाज रास्काेट नगरपालिका मा बाल बिवाह छिटाे बिवाह र जबजस्ति बिवाह राेकथाम का लागि ज्ञापन पत्र बुझाई यकाे समाज रुपान्तरण युवा संज्याल का अध्यक्ष टिकाराज उपाध्याय बताउनु भएकाे छ।बालक र बालिकाबीच गरिने विभेद जन्मदेखि नै शुरु हुन्छ । बालिका भएकै कारण गरिने विभेद् विद्यालयको पहुँच र टिकाई, अन्य अवसरहरुमा बालकलाई मात्रै दिइने प्राथमिकता, दाइजोका कारण सानो उमेरमै गरिने विवाह जस्ता कारणहरुले हामी बालिकाहरुको अन्तनिहित क्षमता प्रस्फुटन गर्ने अवसरबाट बञ्चित छौं। पाइलैपिच्छे गरिने यौनजन्य मानसिक तथा शारीरिक हिंसा भोग्नुपर्ने हामीहरुको सामाजिक कुसंस्कार अन्त्य नभएसम्म देशले बालक पुरुष र बालिका महिला भएपछि दिने प्रतिफल प्राप्त गर्न सक्दैन । यसकारण उल्लेखित विषय र मुद्धाहरु संबैधानिकरुपमा मौलिक हकका धाराहरुमा व्यवस्था गरिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा हामीलाई दुःख लागेको छ ।
यसर्थ, बालबालिका तथा किशोर किशोरी भएकै कारण गरिने बालविवाह, विभेद्, परिवार र समाजबाट गरिने विभेद्, शारीरिक तथा यौनजन्य दुर्व्यवहार र हिंसा अन्त्य गरेर बालबालिका तथा किशोर किशोरी हरुलाई समान अवसर र सम्मान व्यवहार गरे मात्र सुखी नेपाली, समृद्ध नेपालको परिकल्पना सम्भव छ । त्यसैले हामी नगरपालिका स्तरीय समाज रुपान्तरण युवा संजाल (वडा १ देखी ९ ) का प्रतिनिधिहरुले किशोर शिशोरीहरु, स्थानीय तहका सरकारहरु, सम्बद्ध अंगहरु, अभिभावक, विद्यालय, नागरिक समाज, सञ्चार माध्यम लगाएत सबैमा उल्लेखित कार्य गर्न गराउन हामी हाम्रो प्रतिबद्धता र माग सहित यो ज्ञापन पत्र तयार गरेका छौ र छिटो भन्दा छिट्टो कार्यन्वयनको अपेक्षा गर्दछौ ।
युवा क्लब तथा बालक्लबको तर्फ सक्षम र सबल समाज बनाउनका लागि प्रतिबद्धता
१. बाल अधिकार प्रर्वद्धनमा सक्रिय भूमिका निर्वाह गर्ने छौं ।
२. हामी बाल बिवाह गर्दैनौ, गर्न दिदैनौ र सहभागी पनि हुदैनौ ।
३. बालवालिका तथा किशोर किशोरीलाई रुपान्तरण कक्षा मार्फत शिक्षा, स्वास्थ्य तथा आर्थिक र मनोसामाजिक असरहरुको बारेमा जानकारी गराउने।
४. बालबालिका तथा किशोर किशोरीलाई कुनै हिंसा, दुर्व्यवहार तथा विभेद हुन लागेको छ भने त्यसलाई रोक्नको लागि सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराउन मद्दत गर्नेछ ।
५. हामी आफ्नो परिवारलाई घर व्यवस्थापन साथ निर्णय प्रक्रियामा सहभागि नगराउदा कस्तो बेफाइदा हुन्छ भन्ने बारेमा सचेत गराउनेछौ ।
६. हामीले आफ्नो शैक्षिक तथा व्यक्तित्व विकासका लागि प्राप्त अवसरहरुको पूर्ण सदुपयोग गर्नेछौं ।
७. बाल अधिकार संरक्षणका लागि स्थानिय तह तथा विभिन्न संघसंस्थाबाट संचालित अभियानहरुमा पूर्ण सहयोग गर्नेछौं ।
८. संचालन भएका योजना तथा कृयाकलापहरुको निगरानी तथा मूल्याइन गर्ने छौं ।
हाम्रा मागहरु
१. पालिका वा वडा कार्यलयमा बालबालिकाहरुलाई कम्तिमा पनि माध्यमिक तह तथा उच्च शिक्षा अनिवार्य प्राप्त गर्ने वातावरण तयार पारियोस ।
२. बालबालिकाहरुलाई कुनैपनि बहानामा शिक्षा, स्वास्थ्य, सहभागिता तथा संरक्षण जस्ता विषयमा
बञ्चित नगरियोस ।
३. विद्यालय बाहिर रहेका बालबालिकाहरु उच्च जोखिममा रहने हुदा औपचारीक तथा अनौपचारिक शिक्षाको सुनिश्चित गरियोस ।
४. पालिका वा वडा कार्यलयका कुनैपनि स्थानमा बाल विवाह जस्तो गैह कानूनी समारोहमा कुनै पनि जन प्रतिनिधि तथा कर्मचारीहरु सहभागी हुने परिपाटी बन्द गरियोस ।
५. बाल विवाहमा उमेर नपुग्दा नपुग्दै पनि विभिन्न बहानामा त्यसको समर्थन नगरि त्यसको निरन्तर बिरोध गरियोस साथै विवाहको निमन्त्रण प्रिन्ट गर्ने प्रेसलाई र अभिभावकहरुलाई अनिवार्यरुपमा बेहुला र बेहुलीको जन्ममिति राख्ने निति बनाई कार्यन्वयन गरियोस् ।
६. पालिका तथा वडा अनुसारको वालवालिका तथा किशोर किशोरीहरूको तथ्यांक संकलन गरि अद्यावधिक गरियोस ।
७. दाईजो प्रथा अन्त्य गर्दै बिवाहमा दाईजो भन्दा सक्षम र शिक्षित छोरीको विकास गरि बिवाह गर्ने संस्कारको विकास गर्नका लागी आवश्यक कार्यक्रम तर्जुमा गरि लागु गरियोस ।
८. पालिका तथा वडावटा बाल अधिकार, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि सामुदायिक सचेतीकरण, रोकथाम, उजुरी तथा सम्बोधनका लागि आवश्यक संरचनाको विकास गरियोस ।
९. पालिका तथा वडामा निर्माण भएको नीति, कार्यक्रम तथा ऐनहरुको पूणरुपमा रुपमा पालना गरियोस
१०. प्रत्येक पालिका तथा वडामा बालबालिकाहरुको गुनासो तथा समस्या सुन्नका लागि सम्यन्त्रको बिकास गरियोस ।
११. बालबालिका तथा किशोर किशोरीहरुको क्षमता विकास गर्दै जिवन उपयोगी सिप सहितको शिक्षा प्रदान गर्ने व्यवस्था मिलाईयोस ।
१२. नेपालको बालबालिका सम्बन्धि ऐन २०७५ मा उल्लेख भए अनुसारको संरचनाहरुको निर्माण गरि क्षमता बिकास गरियोस ।
१३. पालिका तथा वडामा बालबालिकाका हक हित संरक्षण हुने निति, कानुन तथा योजना निर्माण गरि लागु गरियोस ।
१४. बाल संरक्षण, बाल सहभागिता, बाल विकास तथा बाल बचाऊको क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गरियोस ।
१५. पालिका तथा वडामा बालबालिका सम्बन्धि योजना निर्माण, कार्यान्वयन तथा मूल्याङ्कनका क्रममा संस्थागत बाल सहभागिता सुनिश्चित गरियोस ।
१६. पालिका तथा वडालाई बालमैत्री स्थानिय शासन लागु गरियोस । र बाल कोषको कार्यन्यवन तथा लैङ्गिक हिंसा निवारण कोष प्रभावकारी रुपमा गरियोस् ।भनी रास्काेट नगरपालिका मा गठित समाज रुपान्तरण युवा संज्याल ले नगर प्रमुख धर्मराज शाहि , उप प्रमुख मनिराज बराल र प्रमुख प्रमुख प्रशाषकीय अधिकृत जवान सिह बम लाई युवा संज्याल ले ज्ञापन पत्र बुझाईकाे छ।