रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

देशभर संँगै कालीकोटमा पनि मनाइएका संविधान दिवस

कालिकोट । देशभर संँगै कालीकोटमा पनि संविधान दिवस मनाइएको छ । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रम पंचेवाजा सहित बजार परिक्रमा गरि जिल्ला समन्वय समितिको सभाहलमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला प्रशासन कार्यालय कालिकोटको समनवय र जिल्ला समन्वय समिति कालिकोट,प्लान ईन्टरनेश्नल नेपाल,हाम्रो आवाज हाम्रो रोजाई कार्यक्रम(फेडो) नेपाल,युरोपियन युनियन लगायत संस्थाका सहजिकरणमा भब्यरूपमा संविधान दिवस मनाईएको छ ।

कार्यक्रम जिल्ला समन्वय समिति कालिकोटका उपप्रमुख मिना रावल (विक)को अध्यक्षता, संविधान सभा सदस्य माननीय तुलाराज विष्टको प्रमुख आतिथ्यतामा र जिल्ला स्थित राजनैतिक दलका प्रमुख एवम प्रतिनिधि नागरिक समाज,सुरक्षा निकाय सरकारी एवम गैर सरकारी संस्थाका प्रमुख एवम प्रतिनिधिको सहभागितामा भएको हो ।

जनताबाट निर्वाचित जनप्रविधिबाट गठन भएको संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको दिन हो । नेपालको संविधान २०७२ लाई तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए ।दिवसका अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !