कालिकोट जिल्लामा आगामि मंसिर ४ को निर्वाचनका लागि संघ र प्रदेशमा २५ जनाले मनोनयन दर्ता गरेका छन । बिभिन्न राजनितिक दलवाट र स्वतन्त्र गरि जम्मा २५ जनाले उम्मेदवारी दर्ता गरेका छन । दर्ता गर्नेहरूमा बढी स्वतन्त्र उम्मेदवार भएका छन । टिकट नपाएको झोकमा बिगतमा कुनैदल विशेष बाट सत्ताको अवसर लिएका र नेता कहलिएकाहरू पनि स्वतन्त्र उम्मेदवारी दिन पुगेका छन । कतिपए नेताहरू टिकटका लागि हारगुहार गर्दै परपार्टीकै ढोकामा पुगेका छन । १ मात्र संघिय निर्वाचन क्षेत्र रहेको कालिकोटमा २ वटा प्रदेश निर्वाचन क्षेत्रका र १ संघिय प्रतनिधिसभाका लागि २५ जनाले मनोनयन दर्ता गराएका छन । सत्तागठनधनका तर्फवाट संघिय संसदका लागि नेकपा माओवादी केन्द्रका महेन्द्र ब शाही र प्रदेश निर्वाचन क्षेत्र क मा दुर्ग रावत र ख मा काग्रेसका तर्फवाट हिक्मत बिष्टले मनोनयन दर्ता गरेका छन । कालिकोटमा एमालेका तर्फवाट संघिय प्रतिनिधिसभाका लागि नगेन्द्र शाही र प्रदेश ख मा बिरेन्द्र ब बोगटीले मनोनयन दर्ता गरेका छन । एमालेका तर्फवाट प्रदेश क मा भने यस अघि कर्णाली प्रदेश सभामा फलोरक्रस गरेर चर्चामा आएका पुर्व कर्णाली प्रदेशका कृषि मन्त्री समेत रहेका गठबन्धनमा आबद्वदल माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका जिल्ला ईन्चार्ज कुर्मराज शाहीले एका एक पुर्ववर्ति एमालेमै फर्केर टिकट लिएका छन । एमाले यस अघि सो क्षेत्रमा कृष्ण आचार्यलाई चुनाव लडाउने तत्खरमा थियो र घोषणा गरीसकेको थियो । एका एक आचार्यलाइ ब्याक गराएर शाहीले टिकट लिएर दर्ता गरेका छन । बिगतमा एमालेबाट चुनाव लडेर प्रदेशसभामा पुगेका शाहीले बिगतमा पार्टीलाइ धोका दिएको भन्दै एका एक त्यसको समीक्षा नगरि टिकट दिएको भन्दै एमालेभित्र कार्यकर्ता चिडिएका छन । एमाले जिल्ला कमिटी सदस्य शुमन बमले भिमरावल जस्ता पार्टी बिभाजनमा समेत अलग नभएर एमालेमा बसेका लाई टिकट नदिने सत्तादेखि पार्टी बिभाजन र स्थानिय चुनावसम्म पार्टीलाइ धोका दीएकालाइ छिनभरमा टिकट हात पार्नेकुराले एमालेले धोका खाइरहेको प्रतिक्रिया दिएका छन ।
प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका महेन्द्र ब शाही ,एमालेका नगेन्द्र शाही , नेपाल मजदुर किसान पार्टीका तर्फवाट खडकराज शाही, राप्रपाका तर्फवाट धन ब बुढा कांग्रेस बिपिका तर्फवाट पंख ब बिष्ट जनसमाजवादीका हरि बोहोरा र रास्कोटका पुर्व मेयर कासिचन्द बरालले प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । शुभकालिकाका लछु चौलागाइले प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । यता प्रदेश निर्वाचन क्षेत्र क का लागि सत्ता गठबन्धनदलका तर्फवाट माकेका दुर्ग ब रावतले दर्ता गरेका छन भने एमालेका तर्फवाट कुर्मराज शाहीले दर्ता गरेका छन । उता राप्रपाका सुर्य शाही मजदुर किसानका रबिन्द्र ब शाहीले पनि उम्मेदवारी दर्ता गरेका छन
प्रदेस क का लागि स्वतन्त्र उम्मेदवार नेपाली कांग्रेसका नेता टेकराज शाही, मनराज शाही , धन प्रसाद पाण्डेले आफ्नो उम्मदवारी दर्ता गरेका छन ।
यता प्रदेश खमा प्रत्यक्ष तर्फ सत्ता गठबन्धनका कांग्रेस नेता हिक्मत बिष्ट , एमालेका बिरेन्द्र बोगटी, नेमकिपाका जनक बिष्ट एकीकृत समाजवादीका बिस्वराज बम जनसमाजवादीका हिक्मत बुढा नेपाली कांग्रेस बिपिका कर्ण ब बिष्टले मनोनयन दर्ता गरेका छन भने स्तन्त्रमा,पलाता पुर्वअध्यक्ष लक्ष्मण बम ,एकिकृत समाजवादीका केन्द्रीय सदस्य तुलाराज सिमखाडा,नेकपा माकेका नेता मान ब भण्डारी, धन व बटालाले दर्ता गरेका छन ।
स्वतन्त्रलाइ मंसिर ४ सम्मै चुनावै लडेर बिजयी हुने र परैसम्म पुग्ने भन्दा पनि घुर्कि ,धम्कि र चुनावी खर्च असुल्न र रिसरागमा उम्मेदारी दर्ता भएको भन्दै आलोचना हुन थालेको छ ।