रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

गठबन्धनको भागबण्डा बेगर बागी उम्मेदवारी दिनेलाइ कार्वाही हुने

        आगामि मंसिर ४ को निर्वाचनका लागि संघ र प्रदेशमा सत्ताशिन गठबन्धनको बागबन्डा बेगर बागी दिनेलाई निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार २६ गते दिउँसो १ बजेसम्म फिर्ता नलिए सम्बन्धित दलले पार्टीबाट निस्काशन गर्ने भएको छ । मंगलबार सत्तागठन्धनदलका तर्फवाट नेपाली कांग्रेसका सभापति सेर ब देउवा , माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र ब केसिले सयुक्त रूपमा बिज्ञप्ति जारी गर्दै पार्टीका उम्मेदवार बिरूद्व मनोनयन दर्ता गरेकालाई २६ गते दिउँसो १ बजे सम्म फिर्ता लिन निर्देशन दिएको छ । बिज्ञप्तिमा भनिएको छ निर्देशन नमानि उम्मेदवारी कायम राखे सम्बन्धित पार्टीले निस्कासनको कार्वाही गर्ने बिज्ञप्तिमा उल्लेख छ । कालिकोटमा २५ जनाले मनोनयन दर्ता गरेका छन । बिभिन्न राजनितिक दलवाट र स्वतन्त्र गरि जम्मा २५ जनाले उम्मेदवारी दर्ता गरेका हुन। मनोनयन दर्ता हेर्दा एमाले महिला नेतृ लछु चौलागाइ र माकेका नेता कासिचन्द बरालको प्रतिनिधिसभामा स्वतन्त्र बागी उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा धेरै बागी छैनन् तर सत्ता गठबन्धन दलमा गठबन्धन नमान्ने र एउटै पार्टीभित्र बढी बागी प्रदेशमा देखिएका छन । यता माओवादी केन्द्रको भागमा परेको प्रतिनिधिसभामा माओवादी केन्द्रकै केन्द्रीय लेखा आयोगका सदस्य कासिचन्द्र बरालले स्वतन्त्र बागी दिएका छन भने माओवादीकै भागमा परेको प्रदेस १ मा माकेका दुर्ग रावत बिरूद्व कांग्रेस नेता टेकराज शाही, र मनराज शाहीको उमेदवारी परेको छ । प्रदेश २ मा कांग्रेसका भागमा परेकोमा कांग्रेस उम्मेदवार हिक्मत बिष्ट बिरूद्व समाजवादीका कालिकोट अध्यक्ष बिस्वराज बम , केन्द्रय सदस्य तुलाराज सिम्खाडा र माकेका मान ब भन्डारीले मनोनयन दर्ता गरेका छन ।
आधिकारीक उम्मेदवार बिरूद्व मनोनयन दर्ता गर्नेहरूलाई यो बिज्ञप्तिले चुनौति दिएको छ । स्वतन्त्र उम्मेदवार भएर चुनाव लड्ने वा पार्टीको कार्वाही खाने अथवा फर्केर पार्टीप्रतिको निष्ठा कायम राख्ने चुनौति थपिएको छ
। टिकट नपाएको झोकमा बिगतमा कुनैदल विशेष बाट सत्ताको अवसर लिएका   र नेता कहलिएकाहरू पनि स्वतन्त्र उम्मेदवारी दिन पुगे पछि शृषनेताहरू पार्टी भित्रको अराजनितिक अराजकता रोक्न यो निर्णयमा पुगेको बताईन्छ । कतिपए नेताहरू टिकटका लागि हारगुहार गर्दै परपार्टीकै ढोकामा पुगेका छन । त्यस्ता उमेदवारको समर्थक र प्रस्तावक बस्ने पार्टी नेताहरूलाइ पनि सजग गराउन सम्बन्धित आन्तरिक पार्टी कमिटीमा सर्कुलिङ भएको एक श्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !