कालिकोट जिल्ला तिलागुफा नगरपालिका – १० रानावाडामा आज बिहान वम विष्फोट हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ ।१ जनाको घटना स्थलमै र १ जनाको उपचारका क्रममा कर्णाली प्रादेशिक अस्पताल कालागाउमा गरि २ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइतेको उपचार भैरहेको छ ।
स्थानियका अनुसार गाई चराउन गएका बालबालिकाहरुले घर नजिकैको गोरेटोबाटोमा भेटाएको बम खेलाउदा विष्फोट भएको थियो । बम के हो भन्ने कुरा अनुसन्धान भैरहेको कालिकोट प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले जानकारी दिनु भयो ।
विष्फोट मा घाइतेहरु लाई केही बेर अघि हेलिकप्टर मार्फत उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल कालागाउ लगीएको छ ।घाईतेहुनेमा सोही वडाका वर्ष ५ का मुस्का थापा वर्ष ७ का कमल थापा वर्ष ४ का दर्शना राना रहेका छन । वर्ष४ का सरस्वती रानाको भने उपचारका क्रममा सुर्खेत कालागाउ प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । त्यसै गरि वर्ष ४ का झरना रानाको भने घटना स्थलमै मृत्यु भएको थियो । घटना स्थलको थप स्थिति बुझ्न भन्दै कालिकोट सदरमुकामबाट नेपाली सेनाको प्राबिधिक टोलि सहिद प्रहरी परिचालन गरिएको प्रजिअ शर्माले खबर कर्णालिलाइ जानकारी दिनु भयो । उहाका अनुसार गत स्थानियतहको निर्वाचनकाबेला पनि तिलागुफाका ठाउठाउमा यसरी बम राख्नेकाम अज्ञात समुहले गरेको र अहिले प्रदेस ,संघको निर्वाचन नजिक यसरी बम बिष्पोट हुनुलाइ गम्भीर रूपले लिएको र बम पुरानो या नया कुन प्रकृतिको हो भन्ने अनुसन्धान गरिने बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा घटना स्थलमा फलामे पाइपको टुक्रा भेटिएकाले जिआइ पाइपको बम हुन सक्ने बताईएको छ ।