रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

बिधुत महशुल तिर्न रास्कोटबासिले सदरमुकाम धाउनु प्रदैन

कालिकोट जिल्लाका सबै वडा ,बस्ति र घरहरूमा बिधुत पुर्याउने कालिकोटबाट संघिय प्रतिनिधिसभामा निर्वाचित संसद महेन्द्र ब शाहीले बताउनु भयो । बिजय भए पछी देशभरीकै परिणाम नआउदै मतदातालाइ धन्यवाद दिन गाउफर्केका शाहीले रास्कोटमा आयोजित एक कार्यक्रममा संसद शाहीले उज्यालो कालिकोटको अभियान आफ्नै पालामा सुरू भएकाले बिधुत बिस्तार नभएका ग्रामिण भेकमा बिधुत लाइन बिस्तार गरि सेवा दिने बताउनु भयो । बिधुत प्राधिकरण कालिकोट बितरण केन्द्रले आयोजना गरेको एक कार्यक्रममा संसद शाहीले यस्तो बताउनु भयो । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा बिधुत प्राधिकरणको बिधुत महशुल संकलन काउन्टर सन्चालनमा आएको छ । बिधुत महशुल संकलन काउन्टर तथा फ्युज सेवा कार्यालय रास्कोट नगरपालिकाको आरसिपी बजारमा उदघाटन गरिएको छ । शोमबार रास्कोट नगरमा बिधुत प्राधिकरण बितरण केन्द्र कालिकोटका प्रमुख बिमल प्रसाद शाहाको अध्यक्षयतामा भएको कार्यक्रममा पुर्व उर्जा मन्त्री समेत रहेका पुर्व कर्णालि प्रदेशका मुख्यमन्त्रि तथा प्रतिनिधिसभा संसद महेन्द्र ब शाही र रास्कोट नगर प्रमुख धर्मराज शाही , रास्कोट नगरका सबै वडाका अध्यक्ष वडा सदस्य र कार्यपालिका सदस्य कार्यलय प्रमुख जवानसिह बम ,माओवादि केन्द्रका नेता जगत शाही काली ब महतारा कांग्रेस नेता वीर फर्साल लगाएतको उपस्थितिमा ओैपचारिक समारोह गरि सेवाको उद्घघाटन गरिएको हो। ।गाउबाट अढाई सय रूपैया महशुल तिर्न दुई दिन लगाएर सदरमुकाम पुग्नु पर्ने रास्कोटका नागरिकको समस्या सामाधान हुने अपेक्षा गरिएको छ । रास्कोट नगर सरकारको विशेष आग्रहमा बितरण केन्द्र कालिकोटले सदरमुकाम पछिको पहिलो स्थापना गरिएको हो । लेखा प्रमुख दिल ब शाहीले जिल्लामा बिधुत ग्राहक बढ्दै गरेकोकुरा लाई मध्यनज गर्दै काउन्टर स्थापना गरिएको हो । आयसंकल काउन्टर इन्चार्ज हिरा ब भामले जल्लाभर ४ हजारको हाराहारीमा ग्राहक रहेको र १५ सयको हाराहारीमा ग्राहक रास्कोटमा रहेको बताउनु भयो । रास्कोट काउन्टर इन्चार्ज जय प्रसाद उपाध्याय सहित कर्मचारी रास्कोटमा रहने छन करिब 4 हजार कालिकोटमा ग्राहक छन रास्कोटमा १५ सय बढी ग्राहक रहेका छन । अनलाइन सरोबर मार्फत बिल काटिने बरालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !