रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

पचालझरनाको मय बस्ति पहिरोको जोखिममा

           पचालझरना गाउँपालिका वडा नं ८ मा पर्ने मय बस्तिमा गत १९ गतेको भुकम्पको धक्का पछि जमिन भासिएर घर भत्किन थाले पछि त्यहाँ झण्डै ३२ घर परिवार घरवार बिहिन भएका छन् ।  वडा नं ८ का  ३२ घरहरू मध्य १५ घर हाल अरू आफन्तको घरमा सरेका छन ।  बस्ति रहेको ठाउँमा जमिन एका एक भासिन थाले पछि स्थानियले  बस्न छोडेको  स्थानिय कर्ण टमट्टाले बताएका छन । पचालझरना गाँउपालिका वडा नः ८ काे मयटाेल २०७९कार्तिक २२गते डोटी केन्द्रबिन्दु भएर गएको भुकम्पको धक्का पछि भासिन थालेको हो ।  मंसिर १९ गते सम्म चरण चरण धक्का महशुस गरिएको थियो ।  वर्षातमा भारी वर्षा पछि अघिल्लो महिना भुकम्पको कम्पनले जमिन भासिन थालेको हो ।  मयटाेलमा ४० घरपरिवाररु बस्ने गर्छन । जमिन भासिन थाले पछि ईलाका प्रहरी कार्यालय जारकोट र पालिका प्रवक्ता प्रभुजन संज्यालको टिमले शुक्रबार अनुगमन समेत गरिएको छ ।
अनुगमन पछि तपशिलका ब्यक्तिका घरहरू जोखिममा रहेको देखिएको संज्यालले बताउनु भयो ।
१)कर्णबिर कामी
२)रति कामी
३)सुन्ते कामी
४)प्रति कामी
५)खैरे कामी
६)रंग टमट्टा
७)मानबिर कामी
८)सतबरे टमट्टा
९)अम्रिते सार्की
१०)दाने सार्की
११)हँसे सार्की
१२)मिसिरा सार्की
१३)जय सार्की
१४)प्याउरा सार्की
१५)रतिमान सार्की
१६)कन्नबिरे सार्की
१७)हस्ते सार्की
१८)धनसुरे टमट्टा
१९)कल्से टमट्टा
२०)कन्नबिरे टमट्टा
२१)लालबिरे कामी
२२)संरामे तिरुवा
२३)चनचला तिरुवा
२४)कन्न कामी
२५)मिम तिरुवा
२६)कर्ण कामी
२७)सर्जन कामी
२८)मान सार्की
२९)दुर्गे सार्की
३०)जाेखे सार्की
३१)केसे सार्की
३२)प्रसामे सार्की
३३)छक्के सार्की
३४)देउमले सार्की
३५)बिरवान सार्की
३६)जसे सार्की
३७)छक्क सार्की
३८)अति सार्की
३९)महाबिर सार्की
४०)प्रदिप टमट्टा
बस्तिको ब्यवस्थापनका  लागी गाउँपालिकाले पहल चाल्ने पालिका अध्यक्ष देबजङ शाहीले बताउनु भयो । तत्काल पालिकाले गर्न सक्ने ब्यवस्थापन गर्ने र त्यस पछि अरू माथिल्लो निकायसंगको समन्वयमा ब्यवस्थापन गर्नुको बिकल्प नरहेको अध्यक्ष शाहीको भनाइ छ ।  काम विशेषले पालिका अध्यक्ष ,उपाध्यक्ष जिल्ला बाहिर रहेका बेला गाउँपालिकामा समस्या देखिएकाले प्रवक्ताको नेतृत्वमा अनुगमन गरि प्रतिवेदन पेस गर्ने गरि खटाईएको उहाँको भनाई छ । जमिन भासिन थाले पछि स्थानियले घर छोडेर आफन्तकोमा सरेको पालिका पुर्व अध्यक्ष तथा माओवादी केन्द्रका युवा नेता खड्गराज सेजुवालले बताउनु भयो ।
रत्न कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !