महीलाको जिवनमा आर्थिक , सामाजिक शसक्तिकरणको माध्यमबाट महिलाको जिवनमा क्रान्ति ल्याएको हिमचुली कृषि सहकारी संस्थाकी कोषाअध्यक्ष कृष्णकला पाण्डेले बताउनु भयो । बिगतमा चाडवाड देखि घरको अगेनोमा सलाइ किन्न श्रीमानको भर पर्ने परम्परा अन्त भएको दाबि पाण्डेको थियो । सहकारीको १४ ओै साधारणसभामा सहभागिलाइ बधाइ तथा धन्यवाद दिदै पाण्डेले महीलाको सामाजिक ,राजनितिक र आर्थिक जिवनमा परिवर्तन आएको बताउनुभयो । जिल्लाकै सर्वाधिक ठूलो तथा ब्यवस्थित पुजि रहेको हिमचुली कृषि सहकारी कर्णाली प्रदेशको उत्कृष्ट सहकारी संस्था भएको जिल्ला समन्वय समितिका कार्यवहाक प्रमुख समन्वय समिति सदस्य तथा सहकारीको साधारणासभाका प्रमुख अतिथी रहेका अजय बमले बताउनु भयो । सहकारी सेर सदस्य ,बचत समूहका सदस्य र विभिन्न क्षेत्रका सरोकारवालले खचाखच भरीएको सहकारीको साधारणसभामा बोल्दै प्रमुख अतिथि बमले हिमचुली सहकारीलाइ थप मजबुद र ब्यवस्थित बनाउनु पर्ने बताउनु भयो । १४ बार्षीक साधारणसभा सदरमुकाम मान्ममा सम्पन्न भएको छ । हिमचुली कृषि सहकारीको मुख्य कार्यालय रहेको सदरमुकाम मान्ममा सहकारीको साधारणसभा सम्पन्न भएको हो । जिल्लाका नौ वटै स्थानियतहमा सेवाकार्यालय बिस्तार गरी सेवा दिईरहेको सहकारीको जिल्लाभर सेवाकार्यालयका बार्षिक साधारणसभा सम्पन्न गरे पछी प्रधान कार्यालयको बार्षीक साधारणसभा सम्पन्न गरेको हो । हिमचुलि सहकारी संस्थाको बिकास र सम्बृद्विका लागी छलफल गर्न सदरमुकामको मुख्य कार्यालयको बार्षिक साधारणसभा सुरू गरिएको थियो । मान्म सेवा कार्यालयका जमुना आचार्य र मुख्य ब्यवस्थापक जगेन्द्र आचार्यले बार्षीक प्रतिबेदन सार्वजनिक गर्नु भएको थियो । सहकारीले सुफत मुल्यपसल , बचत तथा रिण , कृषि उत्पादन , दूग्द पदार्थको संकलन , आइएमए सन्चालन ,कोसेलि घर मार्फत उत्पादीत बस्तुको बजारीकरण लगाएतका सेवा प्रवाह गरिरहेको छ । झण्डै ३६ करोड कारोवार रहेकोमा १३ करोड बाहिय रिण लगानि गरिरहेको सहकारीले पेस गरेको प्रतिबेदनमा उल्लेख छ ।
हिमचुली कृषि सहकारी संस्थाका अध्यक्ष काली ब महाताराको प्रमुख अतिथ्यथामा जिल्ला समन्वय समितिका कार्यबहाक प्रमुख अजय बमको प्रमुख अतित्यथामा सम्पन्न साधारणासभामा विभिन्न क्षेत्रका सहभागी सरोकारावालाले हिमचुलिको बिगत र बर्तमानको स्मरण गर्दै शुभकामना मन्तब्य दिएका छन ।