रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

एशियन लाइफ एन्स्योरेन्सका अभिकर्ताको अन्तरक्रिया सदरमुकाममा सम्पन्न , बिमा क्षेत्रका विभिन्न ब्यक्तिहरू सम्मानित

      #एशियन लाइफ एन्स्यरेन्स कम्पनि लिमिटेट मान्म साखाले कालिकोट सदरमुकाममा अभिकर्ता सम्मान तथा अन्तरक्रिया  कार्यक्रम  गरेको छ । बिमा कम्पनिका अभिकर्ता , बिजनेस म्यानेजर लगाएतको उपस्थितिमा अन्तरक्रिया भएको हो । अन्तरक्रियामा कम्पनिले सन्चालन गरेका बिमा पोलसी  र बिमालेखका बारेमा साखा प्रमुख वीर ब भण्डारिले अन्तरक्रियामा  जानकारी दिनु भयो । उठेका बिभिन्नसवालहरूको जिज्ञासामा प्रस्ट पार्दै  बिमा बिना सन्ततीको सुरक्षा र रक्षा हुन गर्न गरिने जीवन योजना रहेको बताउनु भयो ।
क्षेत्रिय प्रबन्धक तथा कालिकोट साखा प्रमुख वीर भण्डारिको अध्यक्षयतामा  र नरहरीनाथ गाउपालिका वडा नं ९  का अध्यक्ष प्रदिप बोहोराको प्रमुख अतिथ्यथामा भएको कार्यक्रममा कम्पनिका मार्केटीङ म्यानेजर जन्मदेब बरालले   बिमा योजना रिएन्स्योरेन्समा चलिरहेको बताउनु भयो । विभिन्न बिमा पोलेसिका बारेमा जानकारी दिनु  हुँदै  कालिकोट साखा अन्तरगत ,११ हजार ३ सय ९० बिमित रहेको जानकारी दिनु भयो । बिमितहरूलाइ बिमाभुक्तानिमा ढिला सुस्ति गरे कार्वाही हुने बिमा सम्बन्धी १८ वटा कम्पनिले  नेपालमा काम  गरिरहेको बताउनु भयो । बिमा प्राधिकरणले यसको रेखदेख गरिरहेको र सरकारले लगानि क्षेत्र तोकिदिएको बताउनु भयो ।
२०६४ चचैत २१ मा दर्ता भएको कम्पनिको हाल २ अर्ब ९० करोड  चुक्ता पुजी रहेकोले आगामी चैत मसान्त सम्म कि  ५ अर्व पुग्नु पर्ने नभए मर्ज हुनु पर्ने बिमा नियम भएको बताउनु भयो ।
नरहरिनाथ गाउपालिका ९ अध्यक्ष प्रदिव बोहोरा प्रमुख अथित्यथामा भएको कार्यक्रममा कालिकोट साखा सहायक  धन ब भण्डारीले स्वागत गर्नु भयो ।
कार्यक्रममा बिमित हस्त बम रत्न कार्कीले बाढी ,बिपद , दुर्घटनाबाट जोखीम घटाउनमा सहज हुने बताउनु भयो ।
कम्पनीले दर्जनौ बिएम , बिमा एजेन्ट र अभिकर्तालाई सम्मान गरेको  हो । झोला, टिसर्ट, डायरी र सम्मानपत्र हस्तान्त्रण गर्नु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !