रास्काेट ~ रास्काेट नगरपालिकाले हामी बनाछौ हाम्रो नगर भन्ने मुल स्पृष्टका साथ कर्णाली प्रदेशकै नमुनाका रुपमा निति तथा कार्यक्रम लिएको छ ।
घर घरमा एकृकित घुम्ती सेवा मार्फत महिनाकाे एक पटक अनिवार्य एक टाेलमा सेवा अन्तर्गत रास्काेट नगरपालिकाकाे वडा नम्बर ३ मा कुमाल वाडा लगायत सबै वडाका लागि मिति २०७९ साल पाैष २२ गते स्वास्थ्य शाखा द्वारा मेयर हेल्थ कियर कार्यक्रम अन्तर्गत गर्भवती चेकजाँच सेवा, विरामीलाई सामान्य चेकजाँच अैाषधि वितरण सेवा , कृषि विकास शाखा बाट अैाषधि तथा विउविजन वितरण सेवा, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा द्वारा अनलाइन घटना दर्ता (जन्म दर्ता , विवहा दर्ता, बसाइँसराइ, मृत्यु दर्ता) र सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुकाे परिचयपत्र वितरण, पशु विकास शाखा द्वारा पशु पन्छिहरुलाई अैाषधि वितरण आर्युवेद शाखा वाट आर्युवेदलाय अैाषधिहरु च्यावन प्रास आदि वितरण गदै आइरहेको छ।
गत महिनाहरुमा रास्कोट नगरपालिकाको वडा नं.९ को थोल्मबाट सुरु भएको एकृकित घुम्ति सेवा निरन्तर रुपमा वडा नं. १ र २ मा सञ्चालन भएर हाल ३ वडा सम्म पुगेको छ । जनतालाई आवश्यक पर्ने सेवा प्रवाह घर आँगनमा दिने स्थानीय तहको जिम्मेवारी भएकोले कर्तव्य र जिम्मेवारी पुरा गरेको नगर प्रमुख धर्मराज शाहीले वताउनु भयो जनप्रतिनिधिको जनता प्रति उत्तर दायि भएकोले जनताको जनजिविकाका सवालहरुमा लागी पर्ने प्रतिबद्दता जनाउनु भयो ।
रास्कोट नगर सरकारले रास्कोटी जनतालाई सधै भरी सरकार भएको आभास गर्नका लागी कुनै पनी कसुर बाँकी नराख्ने जनाउनु भयो । नगर प्रबक्ता धन ब धामि ले खबर कर्णाली लाई जानकारि दिनु भएकाे छ।