रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

पचालझरना गाउपालीकाको हिउदे गाउसभा सुरू, बिभिन्न ९ प्रस्तावमा छलफल हुने

कालिकोट जिल्लाको पचालझरना गाउपालिकाको हिउदे गाउसभा सुरू भएको छ । पचालझरना गाउपालिकाको पडेक्षामा एक विशेष समारोहका बिच गाउपालिका अध्यक्ष देबजंङ शाही अग्निको अध्यक्षयतामा र उपाध्यक्ष अल्किना बमको विशेष अतिथ्यतामा सभा उद्घघाटन भएको हो । सरकार बनेको ८ महिना बिति सकेकाले भएको प्रगति कामको गतिबिधिको समीक्षा र गाउपालिकाको कार्यक्रम कार्यन्वयन संगै पालिकाले निर्माण गर्ने महत्वपुर्ण कार्यबिधि र ऐन नियमका बिषयमा छलफल संगै पास हुने बताईएको छ ।तीन दिन सम्क सन्चालन हुने हिउदे गाउसभामा गाउपालिका अध्यक्ष देबजंङ शाही अग्निले गाउसभाका लागि विभिन्न महत्वका ९ वटा प्रस्ताव सभामा पेस गर्नु भयो ।प्रस्ताव पेस गर्दै पालिका अध्यक्ष शाहीले प्रस्तावमा बृहत् छलफल गरिने र सहि निचोड निकालेर अगाडी बढ्ने बताउनु भयो ।हाल सम्म बन्न नसकेका विभिन्न ऐन नियम तथा कार्यबिधि गाउसभामा पासगर्ने कार्यसुचि अध्यक्ष शाहीले पेस गर्नु भयो ।पचालझरनाको प्रशासनिक कामकाज ब्यवस्थापन गर्न बनेको कार्यबिधि २०७९ ,प्राकृतिक स्रोत ब्यवस्थापन तथा बातावरण ब्यवस्थापन ऐन २०७९ र पचालझरना गाउपालिकाको न्यायीक समितिको कामकर्तब्य तथा ब्यस्थापन ऐन २०७९ सभामा पेस गरि पारित गर्ने प्रस्ताव पेस गर्नु भयो ।पालिकाको सांगठानिक संरचना र कर्मचारी संरचना तयारी सम्बन्धमा छलफल हुने बताईएको छ । त्यस्तै सभामा पेस भएको प्रस्तावहरूमा करार कर्मचारीको सेवा र सर्त उनिहरूको ब्यवस्थापनका बिषयमा पनि छलफल हुने जनाईएको छ । गाउसभाले कर्मचारी अवकास कोष स्थापना गर्ने बिषयमा पनि छलफल हुने छ । आर्थिक सहायता कोष स्थापना , स्थानिय बिपद ब्यवस्थापन कोष स्थापना गर्ने प्रस्ताव सभामा पेस भएको हो । गाउसभा उद्घघाटन समारोहमा बोल्दै पालिका उपाध्यक्ष अल्किना बमले बिगतको सरकारले थालेका बिकास र सम्बृद्वीमा टेकेर निरन्तरता मा सरकार चल्ने बताउनु भयो । गाउसभामा पालिकामा नया कार्यभार समालेका कर्मचारीलाइ स्वागत संगै सम्मान गरिएको छ । इन्द्रखनाल कम्युटर साखा , सब इन्जिनियर उत्तम काफ्ले , रामकरण चौधरी पसु साखा , भुपाल बिष्ट असिस्टेन प्रनबिधिक , बिमल घर्ती मगर असिस्टेन प्राबिधिक , र चक्र खानाल लेखापाल सपना शर्मा सहायक महिला बिकास निरिक्षकलाई स्वागत गरिएको हो ।गाउसभाको ओैपचारीक उद्घघाटन समारोहको उद्घघाटन सत्रको सन्चालन गर्दै प्रमुख प्रशासकिए अधिकृत पुर्ण ब बिकले पालिकाको बिकासका लागि कर्मचारी र जनप्रतिनिधि एक भएर लाग्नु पर्ने बताउनु भयो । गाउसभामा पुर्व निमित्त प्रमुख पर्सासकिय अधिकृत बिरेन्द्र ब बमले कर्मचारीको कार्यसम्पादन दिगो र उत्तरदायीमुखि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !