आन्तरिक विवाद चर्किएपछि खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही र उपप्रमुख गणेशबहादुर शाहीबीच हात हालाहाल भएको भन्ने समाचार गलत र भ्रामक भएको भन्दै सामाजिक सन्जालमार्फत स्पष्टोक्ति दिएका छन । कर्मचारी कति राख्ने वा फाल्ने भन्ने देखि हरेक बिषयमा नगरसभा कार्यपालिका बैठकमा बिवाद र बहस चर्कातर्की हुने गरेको बिषयलाइ लिएर सडकमा लडाइ गरे भन्ने कुरा गलत भएको दाबी उपप्रमुख गणेश शाहीले बताउनु भयो । अज बिवादकै बिषयलाइ लिएर समाजीक सन्जालमा आफुहरूलाइ साडे भन्ने गोरु भन्ने जस्ता अपशब्द प्रति गम्भीर ध्यान केन्द्रित भएको उपप्रमुख शाहीले बताउनु भयो । विवाद हुन्छ बहस गर्ने छलफल गर्ने स्थानमा छौ तर त्यसैलाइ आबश्यक्ता भन्दा बढी बग्याएर लेखेको प्रति पत्रकारहरूको पनि ध्यानकेन्द्रित उप प्रमुख शाहीले गर्नु भएको छ । प्रमुख र उपप्रमुख दुवै जनाले आफ्ना अडान नछोड्दा झडपको अवस्था आएको कर्मचारी स्रोत भनिएको छ को कर्मचारी हो प्रश्टपार्न अनुरोध गरिएको छ ।
शुक्रबार राति सडकमै हात हालाहाल गरेका प्रमुख र उपप्रमुखले आइतबार बिहान ११ बजे फेरि नगरपालिका बाहिर झगडा गरेको समाचार विभिन्न मिडियामा बाहिरीएको थियो।