कालिकोट ~ रास्कोट नगरपालिकाले भर्खरै भर्ना गरेको नगर प्रहरीले आफ्नै नगर परिसरमा रहेको आरसिपी बजारको सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। आज एक कार्यक्रमका बिच नगरपालिकाका प्रमुख धर्मराज शाही(पोषण) र उपप्रमुख मनिराज बरालको विशेष उपस्थितमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कालिकोटका ९ वटा पालिका मध्ये लामो विवादका बिचमा पनि १४ जना नगर प्रहरी जवान भर्ना गरिछाडेको एकमात्र पालिका रास्कोटले नगरपालिकामा शान्ती सुरक्षा स्थापना र सामजिक बिकृतीलाई नियन्त्रण गर्ने उदेश्यका लागि भनेर गत महिनामा मात्र छनोट कार्य सम्पन्न गरेको थियोे ।
पालिकाको सोही लक्ष्यलाई साकार पार्नका लागि सामाजिक जनचेतना जगाउने उदेश्यका साथ आज बजार परिसरमा सरसफाई कार्यक्रम गरियकाे बताईएकाे छ।