कालिकोट लगाएत कर्णालिका जिल्लामा नुनअभाव भएको छ । सरकारले कर्णालिका सुर्खेत दैलेख बाहेक अरू ८ जिल्लामा आयोडिनयुक्त खानेनुन सौलिएत दरमा उपलब्ध गराउदै आएकोमा केही दिन यता यहाका बासिन्दाले नुनअभावको समस्या झेलिरहेका छन । कालिकोट सदरमुकाममा बितरण केन्द्रको डिपो र सवडिपो रास्कोट नगरपालिकामा रहेको छ । अहिले सदरमुकाममा महावै, नरहरिनाथ तिलागुफा र शुभकालिका सान्नित्रिर्बेणीका लागि एकजनालाइ प्रतिब्यक्ति ५ पाकेट र खाडाचक्र नगरपालिकाको लागि ३ केजीमात्र उपलब्ध गराउने गरेको छ । रास्कोटमा १२ सय र खाडाचक्र डिपोमा ३५ सय कुईन्टल यस वर्षका लागि कोटा रहे पनि ढुवानि गर्ने जिम्मा पाएको ठेकेदार कम्पनिले समयमा ढुवानि गर्न नसकेका कारण अपुग भएको कालिकोट साल्डट्रेडिङका कार्यालय प्रमुख डम्मर बुढाले बताउनु भयो ।दशै सम्म १२ सय रास्कोट ३५ सय मान्ममा बितरण हुनु पर्नेमा हाल सम्म १५ सय कुइन्टल मात्र नुन कालिकोट पुर्याएको कार्यालय प्रमुख डम्वर ब बुढाले बताउनु भयो । एक जनालाइ ५ पाकेट नुन दिन थालिय पछि सेवाग्राहिले तीन दिन लगाएर गाउवाट नुन लिन सदरमुकाम आएको तर ५ पाकेट नुन लिएर जानू परेको सेवाग्राहिले बताएका छन । नुमुना ढुवानि सेवाको ठेकेदारले बेइमान गरि रहेको कार्यालयले जनाएको छ । डोल्पाको नमुना ढुवानि सेवाले आबश्यक भन्दा बढीभाडादर घटेकोले ढुवानि हुन नसकेको बताइएको छ । १ दुई गाडि ल्यायो त्यपसछी नमुना ढुवानिले अर्को मान्छेलाइ दिए पछी नमुना ढुवानि सेवाको धरौटी जफत भएको कार्यालयले बताएको छ । हाल रास्कोटमा एक घरपरिवारलाइ ११ केजी र मान्ममा ३ केजी अन्य पालिकाका नागरिकलाइ अर्थात खाडाचक्र नगर बाहिरबाट आएकालाईला ५ केजि नुन दिने गरिएको छ ।
हालको कर्णालिका सुर्खेत दैलेख बाहेक अरू ८ जिल्लामा सौलिएत दरमा अनुदानको नुन उपलब्ध गराउदै आएको छ । नुन हुदाहुदै ढुवानि भाडाको समस्याले कालिकोटमा नुन अभाव भएको कार्यालयले जनाएको छ । साल्डट्रेनिङ डिपो कार्यालय कालिकोटका प्रमुख डम्मर बुढाका अनुसार नुन अब स्थानिय सरकारले भाडा बेहोर्न सके उपलब्ध हुने बताउनु भयो । समस्या सामाधानका लागी बिपद ब्यवस्थापन समिति लगाएत का बैठकमा समस्या सामाधानको बिषय राख्ने प्रमुख जिल्ला अधिकारी जोरसिह माझिले बताउनु भयो ।