कालिकोटको पलाता गाउपालिका वडा नं ४ मा रहेको कालिका मा बि को भौतिक पुर्वाधार निर्माणका लागि एक स्थानिय महिलाले जग्गा दान गरेकी छन । आज कालिका मा .वि . छलाहाँको लागि २४० बर्ग मिटर जमिन विद्यालयको नाममा कित्ता पास गरेर दान गरेको पालिका अध्यक्ष तथा वडा नं ४ का अध्यक्ष तिलक बुढाले बताउनु भयो । यो विद्यालयको भविस्यको लागी जमिन दिएर सहयोग गर्नु भएकोमा वडा सरकारले उहाको उच्च कदर गर्ने अध्यक्ष बुढाले बताउनु भयो। आमपुरा सिह लाई हार्दिक आभार सहित धन्यवाद दिदै बुढाले जग्गा प्राप्त भए पछी बिद्याललय भवन निर्माण गर्ने र बालबालिकालाइ पठनपाठनमा सहजता आउने बताउनु भयो । ।










