माओवादी संघर्ष, जनयुद्वको क्रममा अन्तिम सफल फौजी आक्रमण भएको कालिकोटको पिलीमा तत्कालिन आक्रमणको नेतृत्व गरेका आदा दर्जन माओवादी शैनिक कमाण्डरको उपस्थितिमा युद्व पर्यटकिय क्षेत्रको शिलान्यास भएको छ । यूद्व पछि डरले आक्रान्त बनेको पिलि गाउको त्यहा युद्व पर्यटकिय क्षेत्र बन्ने भए पछी तत्कालिन आक्रमणमै सहभागी माओवादी सेनाका कमाण्डर हाल संघिय सांसद महेन्द्र ब शाही , प्रत्यक्ष ब्याटलको कमाण्ड गरेका जीवन बुढा , तिलागुफाका पुर्व मेयर रतन ब शाही ( आसुतोस ) हाल माओवादी केन्द्रकी प्रदेश पार्टी अध्यक्ष रहेकी बिमला केसी रमेश मल्ल ( युनाइटेट ) लगाएत तत्कालिन सेना कमाण्डरहरूको उपस्थितिमा त्यहा युद्व पर्यटकीय क्षेत्रमा बन्ने संरचनाको कामको शिलान्यास गरीएको छ ।
कर्णाली राजमार्ग निर्माणको क्रममा स्थापना गरिएको सेनाको ब्यारेकमा २०६२ वैशाख २३ मा तत्कालीन माओवादीले आक्रमण गर्दाका प्रत्यक्ष सहभागी सेना कमाण्डरहरू त्यहा पुगेर त्यहा बन्ने संरचनाको शिलान्यास गरिएको छ । । पिली आक्रमणमा पाँच दर्जन नेपाली सेना र केही माओवादी सेनाको ज्यान गएको थियो । ६० जना तत्कालिन शाही नेपाली सेनाका जवानलाई माओवादीले अपहरण गरी डेढ सातापछि छाडेको थियो । माओवादीले पिलीबाट ठूलो संख्यामा हतियार लगेका थिए ।
देशको ८० प्रतिशत भुगोल नियन्त्रमा लिएको तत्कालिन माओवादी शेनाले २०५१ साल फागुन १ गते देखि २०६२ / ०६२ सम्म चलेको जनयुद्वको अन्तिम लडाइ भएको ठाउँ कालिकोटको पिलिलाइ युद्वपर्यटकीय क्षेत्र बनाउने कामको कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री र हालका संघिय प्रतिनिधिसभा सांसद रहेका महेन्द्र ब शाहीले आज सुभआरम्भ गर्नु भएको छ ।आफ्नो नेतृत्वको प्रदेश सरकार हुदा बजेट बिनियोजन गरेर बहुबर्षीय ठेक्का लगाएका शाहीले युद्व पर्यटकिय क्षेत्रमा बन्ने विभिन्न संरचनाको शुभआरम्भ गर्नु भएको हो । १० करोड बिनियोजन भएकोमा ७ करोड ७८ लाख भ्याट सहित ठेक्का सम्झौतामा कामको सुरूवाति गर्न क्रममा शिलान्यासका लागि पुर्वमुख्यमन्त्री शाही सहित , त्यस क्षेत्रका प्रदेश सांसद दुर्ग ब रावत , पुर्व कर्णाली प्रदेश भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री बिमला केषी , पुर्व रास्ट्रिय सभा सदस्य जीवन बुढा माओवादी केन्द्रका नेता रमेश मल्ल, एमाले नेता पुत्र ब मल्ल र नेकपा समाजवादीका नेता लाल ब मल्ल लगाएत नेताहरूको सहभागितामा शाहीले कामको शुभआरम्भ गर्दै यो योजनाले पिलिका स्थानियको जिवन ब्यवहारमा परिवर्तन ल्याउने बताउनु भयो ।आखिर अन्तरास्ट्रिय पर्यटन इतिहासमा लेलिन स्टालिन र कार्लमास्क , माओको सालिक राखेर पयर्टन भित्राए हामिले पिलि क्षेत्रमा विभिन्न संरचना निर्माण गरेर पर्यटन भित्र्याउछौ । कर्णालि राजमार्ग हुँदै मुगु राराताल मानसरोवर जाने यात्रुहरू एक पटक पलिझरेर युद्व संरचना हेरेर जाने छन ।
भ्युटावर सहितको युद्व संग्रालय ,पदमार्ग ,पोखरी ,टिकट काउन्टर, दुबै थर्फका तत्कालिन सेना कमाण्ड र लडाकुको सालिक, मेनगेट प्रबेसद्वार , पार्किङ स्थल बन्ने छ भने संग्रालयमा तत्कालिन युद्व सामाग्री ,पुराना युद्वबंङकर, सिलालेख, हातहितयारको सेम्पलिङ राख्ने योजना छ ।
कुसेस्वर कन्ट्रक्सन प्रालि काठमाण्डौले निर्माण गर्न कामको सुरूवाति गरिसकेको म्यानेजिङ डाइरेक्टर , प्रबन्ध निर्देशक
अमृत घलेले बताउनुभयो । वडा अध्यक्ष दिपराज कार्कीको अध्यक्षयतामा भएको कार्यक्रममा जिल्ला बन कार्यालयका निमित्त कार्यालय प्रमुख प्रकाश देबकोटा,माओवादी केन्द्र प्रदेश निर्वाचन क्षेत्र क का इन्चार्ज रतन शाही माओवादी केन्द्रका तिलागुफा पार्टी अध्यक्ष दिनेस चदारा रेडियो प्रदेश आवाजका अध्यक्ष रत्न कार्की लगाएतको उपस्थितिमा भएक ओैपचारीक कार्यक्रममा कामको सुभआरम्भ गरिएको हो