रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

वन डढेलो नियन्त्रण सम्बन्धी समन्वयात्मक बैठक सम्पन्न , वन डढेलोबाट दिर्घकालिन असर पर्ने डिभिजन वन कार्यालय प्रमुख गिरीको भनाई

डिभिजन वन कार्यालय कालिकोटका प्रमुख रमेश कुमार गिरी ले वनमा हुने डढेलोले मानवलाई मात्र नभएर सिंग्रो प्राणी जगतलाई असर पर्ने बताउनु भयो । वन सम्पदा जोगाउनु सबैको दायित्व भएकाले विविध कारणले हुने आगलागी रोक्नु पर्ने बताउनु भयो । जिल्लाभर वनडढेलो नियन्त्रण सम्बन्धी छलफल गर्न आयोजित बैठकमा उहाँले यस्तो बताउनु भयो । जिल्ला प्रशासन कार्यालय कालिकोटको सभाहलमा बसेको बैठकमा डिभिजन वन कार्यालय प्रमुख गिरीले वन डढेलो रोक्न सकिने उपाएका बिषयमा जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी जोरासिह माझी , प्रहरी निरिक्षक सुवराज बम , अनुसन्धान अधिकृत नित्या नन्द ढुंगाना , पत्रकारहरू, कर्णाली जडिबुटी सहकारीका अध्यक्ष अजय गिरी , सामुदायीक वन उपभोक्ता महासंघ कालिकोट अध्यक्ष पुस्पराज गिरी , मेजर आशिष भण्डारी, शसस्त्र प्रहरीका डिएस्पी मित्रलाल श्रेष्ठ ,डिभिजन वन कार्यालय प्रमुख रमेश गिरी , जिल्ला समन्वय अधिकारी तिलक प्रसाद अधिकारी लगाएतको सहभागितामा बैठक सम्पन्न भएको छ ।बैठकमा भनाइ राख्दै वन कार्यालयका प्रमुख रमेश कुमार गिरीले अमेरीका र ब्राजिलका वनहरूमा बढी डढेलो देखिने ,भारत पछि नेपालका पहाडी इलाकामा बढी डढेलो लाग्ने गरेको बताउनु भयो । कालिकोटको खाडाचक्र पचालझरना , नरहरीनाथमा बढी डढेलो लाग्ने गरेको बताउनु भयो ।
आगलागीको बढी जोखिम मानिसहरूबाटै हुने गरेको बताउनु भयो । डिभिजन वन कार्यालयका प्रमुख रमेश कुमार गिरी,अजय गिरीेले सामुदायीक वनमा डढेलो नियन्त्रणका लागि वन नबिकरण गर्दा अग्नि रेखा छैन आगलागी सुन्य भएको हुनु पर्ने बाध्याकारी नियम बनाउनुपर्ने बताउनु भयो । फागुन ,चैत ,बैसाख ,जेठ सम्म अग्नि नियन्त्रण गर्न वन स्वयंम सेवक परिचालन गर्नु पर्ने बताउनु भयो ।अनियन्त्रित प्रवेश रोक्ने र घटनाको अनुसन्धान गर्नु पर्ने बताउनु भयो ।यो बेला जथाभाबि वन प्रवेश निषेध गर्नु पर्ने बताउनु भयो । वनमा आगो प्रवेशनिषेध , गर्नु पर्ने बढी चोरी सिकारी रोक्नु पर्ने बताउनु भयो । ।
सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष पुस्पराज गिरी, रेडियो प्रदेश आवाजका अध्यक्ष रत्न कार्की, कृषि विकास कार्यालयका प्रमुख बालकराम देबकोटा , लगाएतले सुझाव दिदै फागुन , चैत, बैसाख र जेठको महिना वन स्वयंम् सेवक परिचालन गरि अग्नि नियन्त्रक परिचालन गरि समुदायको सहयोग लिएर छाडा प्रवेश रोक्नु पर्ने सहभागी सराेकारवालाकाे भनाई रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !