लामो समय पछी स्वबियु निर्वाचन हुने भए पछी विद्यार्थी संगठनमा उत्साह छाहेको छ । विद्यार्थी संगसंगठन निर्वाचनमा होमिएका छन । कालिकोटमा रहेको त्रिभुवन विश्वविद्यालय अन्तरगतको जनचेतना बहुमुखी क्याम्पस सान्नि र तिलाकर्णालि बहुमुखी क्याम्पस मान्म ताडी मा निर्वाचन सुरू भएको छ । त्रिभुवन विश्व बिद्यालयको नन्दादेबी बहुमुखी क्याम्पस कोडवाडामा भने यस अघि सहमतिमा स्वबियु गठन भएको छ । सान्नि त्रिबेणी गाउपालिकाको जनचेतनामा अखिलक्रान्तिकारीका पार्वति सन्ज्याल र अनेरास्वबियुका धर्म ब शाही र स्वतन्त्रका शुनिल शाही बिच सभापतिका लागी प्रतिस्पर्दा हुने देखिन्छ ।
सदरमुकाममा रहेको तिलाकर्णालि बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका हिक्मत सिह, अनेरास्वबियुका रम्बा शाही बिच प्रतिस्पर्दा छ । जिल्लाभर सत्तासाजेदार दल काग्रेस समर्थक नेबिसंघ र माओवादी समर्थक अखिलको तालमेल छ । माधव नेपाल समर्थक अनेरास्वबियु र एमाले निकट अनेरास्वबियु बिच तालमेल रहेको छ ।
चैत ५ गते हुने स्वबियु निर्वाचनको तयारीका बिषयका कुरा गर्दै सान्नि त्रिबेणी स्थित जनचेचना बहुमुखी क्याम्पसका अखिल क्रान्तिकारीका तर्फवाट स्वबियु सभापती पार्वतीफ सन्ज्यालले स्वबियु सभापती भएर क्याम्पसमा अनुहार नदेखाउनेलाई भन्दा नियमित क्याम्पस ब्यवस्थापनमा खटीने बिद्यार्थी स्वबियुसभापतिमा बिजयी हुने भन्दै आफ्नो बिजय हुने बताएकी छन ।
गठबन्धनमा रहेका विद्यार्थी संगठनका साझा उम्मेदवार समेत रहेका पार्वती सज्यालले प्रतिबद्धता जाहेर गर्दै आफू सभापती भए आफ्नो घर नजिकै रहेको डेरा क्याम्पसमा सारेर चौकीदार गरेर भए पनि पहरेदार बन्ने बताएकी छन । हरेक बिद्यार्थिको मतको कदर अथवा सम्मान गर्दै प्राविधिक शिक्षा संचालनका लागि पहल गर्ने बताएकी छन ।
जनचेतना बहुमुखी क्याम्पस नजिकैकि स्थायी बासीन्दा रहेकी सन्ज्यालले गरिव, दलित, महिला, जनजाति तथा विपन्न विद्यार्थीहरुका लागि छात्रवृत्तिको अनिवार्य व्यवस्था गर्ने बताएकी छन । क्याम्पसको वर्तमान शुल्कको दरलाइ न्यायपुर्ण ढंगले घटाउदै विद्यार्थीहरुलाइ आंगकि क्याम्पसमा अध्ययन गरेको अनुभुति दिलाउने बताएकी छन ।










