रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्कोटमा युनिसेफले जोखिममा रहेका बालवालिकालाइ सहयोग गर्यो

कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा युनिसेफ नेपालले , नगरमा जोखिममा रहेका बालवालिकाहरूलाइ आयआर्जन खर्च हस्तान्त्रण गरेको छ । रास्कोट नगर प्रमुख धर्मराज शाही पोषणको कार्यकक्षमा युनिसेफको सहयोगमा नगरपालिकाले आर्थिक अभावले बिद्यालय जान नसक्ने अबस्थामा रहेका जोखिम बालवालिकालाइ राहत हस्तान्त्रण गरेको हो । रास्कोट नगरको सबै वडामा नगरपालिकाले युनिसेफ नेपालसंगको साजेदारीमा जोखिममा रहेका बालवालिकाहरूलाइ ब्यवसायी लगानिवाट आम्दानि बृद्वि गरी अध्यनकार्यमा सहयोग पुगोस भन्ने उधेश्यले राहात प्रदान गरिएको युनिसेफका प्रतिनिधि लक्ष्मण बरालले बताउनु भयो । बरालले नगरका ६ जना बालवालिकालाइ राहात प्रदान गरिएको हो । प्रति ब्यक्ति १२ हजार ५ सय आयआर्जनमुलक ब्यवसायमा लगानि गरि बालवालिकालाइ अध्यन कार्यमा सहज होस भन्ने उधेश्य रहेको बताईएको छ । नगर प्रमुख धर्मराज शाही ( पोषण ) नगर उपप्रमुख मनिराज बराल लगाएतको उपस्थितिमा राहात बितरण गरिएको हो । गरिव असाय र दलित तथा बिप्नन परिवारका बालवालिकाको शैक्षिक अबस्था जोखिममा रहेको भन्दै बजेट लिएर,खाने नभएर आयआर्जन गर्न बीउ पुजि दिएको बताउनु भयो । कुखुरा पालन , बाख्रापालन ,गर्न र तरकारी फलाएर बिक्रि गर्न आग्रह गर्नु भयो ।
वडा नं ५ का सम्पदा शाही , वडा नं १ रमेश बम , तपेन्द्र कुमाल वडा नं ३ , ऐना लुवार वडा नं ८का वसन्त बराल वडा नं ८का प्रबिन टमट्टा लाई राहात प्रदान गरिएको युनिसेफका रास्कोट नगरका संयोजक लक्ष्मण बरालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !