रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

बालविवाह न्युनिकरणमा पत्रकारहरूको साझा सरोकार

कालिकोट जिल्लामा वालविवाह न्युनिकरणका लागि कालिकोटमा रहेका सञ्चारकर्मी संग १ दिने अन्तरक्रिया गरिएको छ ।अन्तरक्रियामा कालिकोटका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो । सहभागी पत्रकारहरूले प्लान नेपालले सामाजिक शसक्तिकरणका लागि मिडिया परिचालन गर्नु पर्ने र त्यसका लागि सञ्चार जगतको साझा सरोकार हुने बताएबा छन । कार्यक्रममा कान्तिपुरकर्मी तलाराम पाण्डे , रेडियो प्रदेश आवाजका अध्यक्ष रत्न कार्की , गोरखापत्रकर्मी प्रेमराज सिम्खाडा र कालिकोटका सामुदायीक रेडियो तथा अनलाइनमा क्रियाशिल पत्रकारहरूको सहभागिता थियो ।
प्लान नेपालको आर्थिक सहयोगमा हुरेन्डेक नेपाल कालिकाेटकाे सहजिकरणमा बालबिवाह छिटो बिवाह र जवरजस्ति बिवाह न्युनिकरण र नेतृत्व र निर्णय कार्यक्रम जिल्लाका तीन वटा स्थानियतहमा लागू भई रहेको छ ।
सान्नि त्रिवेणी ,रास्कोट र नरहरिनाथ गाउँपालिकामा क्रियाशिल परियोजना सन २०२४ सम्म रहने छ ।
परियोजना संयोजक डम्बर बोहोराले जिल्लाभर बालविवाह न्युनिकरणमा सञ्चार माध्यमको अहम भुमिका रहने बताए ।

वालविवाह न्युनिकरण कुनै एक क्षेत्र ,एक निकाय र ब्यक्ति संस्थाको सरोकार नभएर राज्यको दायीत्व भएको बताउनु भयो ।यस्तै नरहरिनाथमा सन २०२० मा ७४ प्रतिशत र २०२१ मा ६७ र २०२२ मा ५२ प्रतिशत वालवावाह देखिएको छ । २०२० सान्नत्रिबेणीमा सन २०२० मा ५८ प्रतिशत देखिएकोमा २१ मा ७० प्रतिशत रहेकोमा २०२२ मा आएर ४८ % बालविवाह देखिएको छ ।
त्यस्तै परियोजना कार्यक्षत्र रहेको रास्कोटमा सन २०२० मा ६७ सन २०२१ मा ६१ र सन २०२२ मा ५१ प्रतिशत वालविवाह भएको अनुगमन सर्बेक्षणमा देखिएको छ ।
जिल्लाभरमा गरिएको सर्बेक्षणमा सन २०२० मा ६७ प्रतिशत सन २०२१ मा ६६ प्रतिशत सन २०२२ मा जिल्लाको वालविवाह न्युनिकरण घटेर ५० प्रतिशत झरेको देखिएको छ । परियोजना लागू भए यता तीन वटा पालिकाकाे १५ वटा वालविवाह हुन लागेकाे रोकिएको बताईएको छ ।
कार्यक्रम लागू भए यता सान्नि त्रिवेणि गाउँपालिका विचमा बढेपनि समग्र पालिकाकाे वालविवाह न्यून हुँदै आईरहेकाे परियाेजना संयाेजकले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !