कालिकोट पचाँलझरना गाउपालिकाको अर्द्ववार्षीक सार्वजनिक सुनुवाइ कार्यक्रम गाउपालिका केन्द्र पडेक्षामा सम्पन्न भएको छ । गाउपालिका प्राङगढमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउपालिकाको कार्यालयवाट प्रवाह हुने सेवासुबिधा र पालिकाको बहुसरोकारका बिषयमा प्रमुख प्रसासकिय अधिकृत पुर्ण ब बिकले प्रतिबेदन पेस गर्नु भयो । पालिकामा रहेका बिषयगत साँखाको कामकार्वाहीको प्रगति प्रतिबेदन सार्वजनिक भए पछी सहभागी सेवाग्रहीले प्रश्न गरेका थिए ।
सहभागीले गाउपालिकाको सेवाप्रवाहमा टीका टिप्पणी गर्दै , सामाजिक सुरक्षा भत्ता समयमा नपाएको , उपभोक्ता समिति मनोमानि गठन गरि काम दिने गरेको , स्वास्थ्यका कर्मचारी वडासचिवमा काज पठाउन नहुने , बिगत लामो समय देखी गाउपालिकाबाट ठेक्का लिएर काम नगर्नेहरूको ठेक्का रद्व गर्ने ब्यवस्था गर्नु पर्ने ,गाउपालिका भित्रका सबै बन क्षेत्रको संरक्षणका लागि चोरी निकासी र आगलागी नियन्त्रण गर्ने ब्यवस्था मिलाउन माग माग गरेका छन । पालिकाले अनुगमन प्रणालिलाइ ब्यवस्थित गर्नु पर्ने । शिक्षा प्रणालि सुधारका लागी समयमा पाठ्यपुस्तक ब्यवस्था गर्नु पर्ने , पालिकामा कर्मचारी भर्नामा बिश्वस्नियता कायम गर्नु पर्ने माग गरे ।उठेका सवालको गाउपालिका अध्यक्ष देबराज शाही अग्नि , उपाध्यक्ष अल्कीना बम , प्रमुख प्रशासकिय अधिकृत पुर्ण ब बिक लगाएतले जवाफ देिए । जवाफदेहीबक्ता रहेका वडा अध्यक्षहरू वडा नं १ का अध्यक्ष बिर्ख लुवार , २ का अध्यक्ष करबिरे कामी ३ का अध्यक्ष कृपलाल कठाएत ४ का अध्यक्ष अनरूप रोकाया, ५ का कार्यवहाक अध्यक्ष गोबिन्द शाही , ६ का अध्यक्ष प्रभुजन सँज्याल , ७ का अध्यक्ष कल ब ऐडी , ८ का अध्यक्ष जयराज टमट्टा , ९ का अध्यक्ष ललिजन शाही लगाएतले जवाफ दिएका थिए । पालिकाका साखाँ प्रमुख शिक्षा स्रोत ब्यक्ति नमराज शाहीले शिक्षा क्षेत्रका सवालमा उठेका जिज्ञासाको जवाफ दिनु भयो ।प्रमुख जवादेहीबक्ता पालिका अध्यक्ष देवराज शाही अग्नि, उपाध्यक्ष अल्किना बम , कार्यकारी पुर्ण ब बिक , लेखापाल चक्र ब खनाल , शिक्षा साखा प्रमुख नमराज शाही , योजना कमल बम लगाएतको सहभागिता थियो ।
रेडियो प्रदेश आवाजको सहजीकरणमा र पचाँलझरना गाउपालीकाको आयोजनामा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।
गाउपालिकाका रोजगार संयोजक नमराज सँज्याल र अप्रेटर ईन्द्र खनालले सार्वजनिक सुनुवाइमा उठेका सवाल सुझाव र प्रश्नलाई संकलन गरेर सुझावपत्र तयार गरि निचोडका रूपमा गाउँपालिकालाई पेस गर्नु भएको थियो ।
उठेका सवाल र जिज्ञासाको सुनुवाइ पछी गाउँपालिका अध्यक्ष देबराज शाहीले जवाफ दिदै कार्यक्रम समापन गर्नु भएको थियो । सार्वजनिक सुनुवाईको रेडियो प्रदेश आवाजले प्रत्यक्ष प्रशारण गरेको थियो ।