७ बैशाख कालिकोट ~ जिल्लाकै मिलेको भूगोल रहेको रास्कोटको केन्द्र बिन्दु आरसिपी बजारलाइ मिनि मार्केट बनाउने तयारी भएको छ । अहिले रास्कोट नगर सरकारले आरसिपी बजारमा रहेका अस्थायी घर टहरा हटाउन शुरु भएको छ ।र मिनि मार्केट र आर.सि.पि. देखि रास्कोट अस्पताल गौतुकोट सम्मको सडक कालो पत्रे तथा ३० वटा सटर निर्माण कार्य आज नगर प्रमुख धर्मराज शाही ज्यु द्वारा उद्घाटन गरियकाे छ।
यस अघि ४५ दिन भित्र स्थानीय ब्यापारीलाइ घरटहरा सार्ने सुचना गरे संगै अहिले एक हप्ता भित्र घरटहरा सार्न अन्तिम समयावधि दिए संगै रास्कोट नगर सरकारले आफै प्रयोग गर्दै आएको प्रमुख काे कार्यकक्ष र उप प्रमुख काे कार्यकक्ष र ग्लोबल बैंक रहेको भवनको टहरा हिजाे र आज हटाइएको छ। अन्य स्थानीयलाई समेत घरटहरा हटाउन थालिएको रास्कोट नगरपालिकाले सुचना गरेर हटाउन जनाएको छ । रास्कोट नगर प्रमुख धर्मराज शाहीका अनुसार रास्कोटलाइ “मिनि मार्केट” को रुपमा ब्यबस्थापन गर्न लागेको बताए । अहिले सार्वजनिक जग्गामा लगाइएका अस्थायी घरटहराहरु हटाउने र नगर सरकारले व्यावसायिहरुलाइ तत्काल टहरा बनाइ उचित ब्यबस्थापन गर्ने बताइएको छ । स्थानीय कमल राज बरालले सबै व्यावसायिहरुले आ आफ्नो ब्यबस्थापन गर्न लागेको बताए ।