नेपालको संघिय शासन प्रणालिमा शिक्षा नीती अनुसार नै १०० पुणाङकको स्थानिय पाठ्यक्रम तयारी गर्नु पर्ने हुन्छ । माध्यामिक तहसम्मको सबै शिक्षा ब्यवस्थापनको अधिकार पाएको स्थानियतहले स्थानिय रितिरिवाज रहनसहनसंग सम्बन्धित बिषय समेटेर पाठ्यक्रम निर्माण गर्नु पर्ने ब्यवस्था छ ।जस अनुसार जिल्लाको पचालझरना गाउँ पालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरी लागू गरेको छ । तयार गरि शुक्रबार एक कार्यक्रम बिच सबै विद्यालयलाइ हस्तान्तरण गरिएको गाउँ शिक्षा शाखा प्रमुख नमराज शाहीले बताउनु भयो ।
स्थानिय पाठ्यक्रम तयारी भए पछी गाउपालिकामा आयोजित एक कार्यक्रममा गाउँ पालिका अध्यक्ष देबराज शाही, उपाध्यक्ष अल्किना बम र प्रमुख प्रशासकिय अधिकृत पुर्ण बहादुर बिकले सयुक्तरूपमा पाठ्यक्रम लागू भएको घोषणा गर्नु भयो । पाठ्यक्रकमा कक्षा ६ देखि ८ सम्म नेपालमा २०५२ सालदेखी चलेको ऐतिहासिक जनयुद्व र जनआन्दोलनका बिषयमा पनि अध्यन गराइने भएको छ । स्थानिय कला संस्कृति ,पर्यटन, धर्म सस्कृती, भेषभुशा तथा जनयुद्ध र जनआन्दोलन त्यसले समुदायमा पारेको राजनितिक ,आर्थिक र सामाजिकरूपमा पारेको प्रभावबारे जानकारी दिने ब्यवस्था पुस्तकमा समेटिएको पालिका उपाध्यक्ष अल्किना बमले बताउनु भयो । पचालझरना गाउँ पालिकाको पडेक्षामा सरोकारवाला निकायका उपस्थितिमा स्थानीय पाठ्यक्रम विद्यालयलाइ हस्तान्तरण गरिएको बताईएको छ ।
कार्यक्रममा बोल्दै पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीले स्थानीय तह संचालन पछि शिक्षा ऐनले दिएको अधिकारलाई प्रयोग गर्दै सबै स्थानीय तहले स्थानीय पाठ्यक्रम बनाउनु पर्ने भएको हुदा पचालझरनामा लागू भएको घोषणा गर्नु भयो ।यस अघि महाबै गाउँ पालिकाले स्थानीय पाठ्यक्रम तयार गरेर लागू गरेको छ । रास्कोटमा बन्ने तयारीमा रहेको बताईएको छ ।