रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

महावै गाउँपालिका ‘पुर्णखाेप सुनिश्चितता दिगाेपना` घाेषित

कालिकोट – जिल्लाकाे महावै गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना’ घोषणा गरिएको छ ।
‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता र दीगोपना’ घोषणा गरिएको हो ।

घोषणा कार्यक्रम सहभागिहरुले खोप लगाऔँ, रोग भगाऔँ भनेर साझा प्रतिवद्वता समेत गरेका छन् ।

जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ सेवा व्यवस्थापक कटक महत, गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले शनिबार संयुक्त पालिकालाई पूर्ण खोप सुनिश्चितता र दीगोपना’ घोषणा गर्नु भएको हो ।

पालिकाका १ देखि ७ वटै वडाका शुन्यदेखि १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका बालबालिकाले खोप पाइसकेकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना’ घोषणा गरिएको महावै गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नन्दि शाहीले बताइन ।

उनका अनुसार, अहिलेसम्म पालिकामा ९५ प्रतिशत बालबालिकाले खाेपकार्ड पाएकाे देखिएकाे छ ।

गाउँपालिका, जिल्ला अस्पताल ले अनुगमन गर्दा बालबालिकाले सबै खोप लगाएको सुनिश्चित भएकाले ‘पूर्ण खोप सुनिश्चितता र दीगोपना’ घोषणा गरिएको हो । अहिले बालबालिका ‘खोज र खोप’ भन्ने नीति अन्तर्गत कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनु पर्ने अवस्था नभएको शाहीको भनाइ छ । सामुदायिक बिद्यालयमा बालबालिका भर्ना गर्दा खाेप कार्ड अनिवार्य गरिएको समेत बताइन ।

स्वास्थ्य संस्थाको टोली सबै खोपकेन्द्रमा पुगेर बालबालिकालाई पूर्ण खोप लगाए नलगाएको सुनिश्चित गरेपछि घोषणा गरिएको छ ।

घोषणा कार्यक्रममा बोल्दै जिल्ला खाेप समन्वय समितिका सदस्य सचिव तथा कार्यक्रममा प्रमुख अतिथि कटक महतले बालबालिकाले पूर्ण मात्राको खोप पाउनमा महिला स्वास्थ्य स्वयम सेविकाको महत्वपूर्ण भूमिका रहेको बताए ।

उमेर पुगेका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित हुनुले संक्रमणबाट कोहि पनि प्रभावित नहुने उहाँको भनाइ छ । पूर्ण मात्रको खोप लगाउँदा स्वास्थ्य सेवा सुधार हुने महतले बताए । खोप लगाउनु अनिवार्य भएको बताउँदै उनले भने, गाउँका स्वास्थ्य स्वयम सेविकालाई सम्मानका साथ काममा लगाउन अनुरोध गरे ।

स्वस्थ समाज बनाउन खोप अनिवार्य भएको उनकाे भनाइ छ । खोपका विषयमा पत्रकारहरुलाई सकरात्मक समाचार नागरिकलाई दिन उहाँले अनुरोध पनि गरे ।

यस्तै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले प्रत्येक गाउँमा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचमा ल्याईएको बताए ।

स्वास्थ्य सेवा कार्यालले खोप उपलब्ध गराउदा घोषणा कार्यक्रममा सहयोग पुगेको उनकाे भनाइ छ । खोपको पहुँच भन्दा कोहि पनि बालबालिका बाहिर नरहेको उनले बताए । महावै विकट पालिका भएकाले खोप लगाउन र स्वास्थ्य सेवा दिन समस्या रहेदै पनि स्वास्थ्यकर्मीहरूले जिल्लाकै पहिलाेपुर्णखाेप सुनिश्चितता दिगाेपना घाेषित गर्न सफल भएकाे छ ।
यसकाे सफलता सवैकाे रहेकाे बताए
सुनाउनु भयो ।

पालिका भित्र रहेका बर्थिङ्ग सेन्टर व्यवस्थित गर्न खोजिएको अध्यक्ष सिंहले बताए
। स्थानीय सरकारको तर्फबाट जनतालाई सर्वसुलभ सेवा दिन प्रयासको सुरुवात भएको उनकाे भनाइ छ । अध्यक्ष सिंहका अनुसार, जनताको समस्यालाई हल गर्न तयार रहेको जानकारी गराए ।

खोप महत्वपूर्ण भएकाले नछुटाई लगाउन उहाँले अभिभावकहरुलाई समेत सुझाव दिएका थिए ।

आगामी कार्यक्रममा महिला स्वास्थ्य स्वयम् सेविकालाई तालीम र अरू सुविधा दिलाउन नीतिगत व्यवस्था गर्ने उनकाे भनाइ छ । यस्तै उपाध्यक्ष दानसिंह सेजुवालले प्रत्येक खोप केन्द्रलाई घोषणा गरि सकेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जानकारी गराए ।

बालबालिकाका लागि खोप महत्वपुर्ण भएकाले छुटाउन नहुने उनकाे सुझाव छ । उपाध्यक्ष सेजुवालका अनुसार, खोपले विभिन्न संक्रमणबाट बचाउने बताउदै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाले स्वास्थ्य सूचाङ्कमा सहयोग पुग्ने अपेक्षा गरेको उनकाे भनाइ छ । खोप लगाउन छुटेमा नजिकको स्वास्थ्य संस्थामा जान समेत उनले अनुरोध गरे ।

यस्तै नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टले महावै गाउँपालिका भाैगाेलिक रूपमा विकास गर्न कठिनाइ भएपनि सवै पालिका मध्य अगाढि रहेकाे बताए ।
केही पालिका पुर्णखाेप सुनिश्चितता घाेषणा भए तर, महावै सुनिश्चितता दिगाेपना प्रमाणिकरण भयाे । याे ठुलाे उपलब्धि हाे ।
स्वास्थ्य संगै शिक्षा र पुर्वाधारमा समेत अगाढि रहेकाे भन्दै प्रशंसा गरे ।
यस्तै स्वास्थ सेवा कार्यालयका लेखा अधिकृत मुनबहादुर रावल,गैर सरकारी महासंघ कालिकोटका उपाध्यक्ष राजेन्द्र शाही , पत्रकार बिश्वनाथ सिम्खाडाकाे जिल्ला बाट उपस्थिति रहेकाे थियाे ।

यस्तै स्वास्थ्यकर्मि गाेरखबहादुर शाहीले अहिले बालबालिका ‘खोज र खोप’ भन्ने नीति अन्तर्गत खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट टाठा नरहेकाे बताएका थिए ।

खोप लगाउने उमेर समूहका बालबालिका सबैले पूर्ण खोप पाएकाले ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना’ घोषणा कार्यक्रम प्रभावकारी भएको उनकाे भनाइ छ ।
खोपले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने भएकाले अभिभावकले पनि आफ्ना बालबालिकाले खोप पाए–नपाएको एकिन गर्न उनले अनुरोध गरे ।
घाेषित कार्यक्रममा याेगदान पुर्‍याउने वडापालिका,स्वास्थ्यकर्मी र स्वयंसेवीकालाई सम्मान समेत गरिएको थियाे ।अनलाइन न्युज खबरवाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !