रास्कोट नगर पालिकाले आगामि आब २०८०/०८१ का लागि नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । अगिल्लो आबको समीक्षा सहित नीति कार्यक्रम नगर प्रमुख धर्मराज शाहीले १२ ओै नगरसभामा पेस गर्नु भयो ।बिगत बर्षको समिक्षामा चालू आबमा नगरमा राजश्व ब्वस्थापन गरि राजश्व डबल उठेको , ओखर पकेट , रोजगारमुलक कार्यक्रम फाइवर ईन्टरनेट जडान,नगर प्रहरी भर्ना शिक्षा पाठ्यक्रम निर्माण , नगरले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेको बताइएको छ । हेल्पडेस्क स्थापना हेलो मेयर कार्यक्रम ,टोलफ्रि नं लगाएत थुप्रै शुसासनमा पनि उल्लेखिय प्रगति गरेको समिक्षामा उल्लेख छ । यता आगामी बर्षको कार्यक्रममा बिगतका केही प्रभाकारी कार्यक्रमलाइ यथावत राखि केही नया कार्यक्रम थपेको छ ।
कालीकोटको राष्कोट नगरपालिकाले बिद्यालय नर्सिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरको १२ औं सभामा प्रस्तुत नीति तथा कार्यक्रममा बालबालिकाको सर्वाङ्गीण विकासका लागि बिद्यालय नर्सिङ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । नगरले वडा कार्यलय निर्माण, स्वास्थ्य बीमा लागू गर्ने, कृषि क्षेत्रको विकासका लागि बृहत् सिँचाइ आयोजना सञ्चालनमा ल्याउने नीति लिएको छ ।
नगर प्रमुख धर्मराज शाहीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गत आर्थिक वर्ष २०७९।०८० का सबै कार्यक्रमलाई निरन्तरता दिँदै थप कार्यक्रममा नर्सिङ कार्यक्रम, वडाका भवन निर्माण, खानेपानी सञ्चालन, लक्षित बर्गका कार्यक्रमलाई प्राथमिक्ता दिने बताउनुभयो । र शुसासन प्रबद्वनमा जोड दिने पर्यटन बिकासका लागि देउरामालिका हुँदै बडिमालिका सम्म बाटो निर्माण कार्यलाई प्राथमिक्ता दिने नीति कार्यक्रममा उल्लेख छ । ३३ पेजको नीति कार्यक्रममा नगरको नीतिमा स्थानीय रैथाने वालिको संरक्षणका लागि भटमास, कोदो, सिमि, कागुनो र फापर खेतिलाई जोड दिने कृषकलाई प्रोत्साहन गर्ने बताइएको छ । यस्तै शिक्षातर्फ विद्यालय समायोजन, शैक्षिक गुणस्तर सुधारका लागि प्रअ र सुरक्षा गार्डलाई पूर्णकालिन बिद्यालय आबासिय बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । नगर सरकार प्रमुखको नीति तथा कार्यक्रमा टिकेर नगर उपप्रमुख मनिराज बरालले वजेट प्रस्तुत गर्दै नगरको बिकासमा लागि ४९ करोड ९१ लाख १५ हजार सात सय रूपियाँको बजेट प्रस्तुत गर्नु भयो । । उहाँले मुलुकको आर्थिक मन्दीकाबीच बजेट कार्यान्वयन गरिने बताउनुभयो ।
नीति तता कार्यक्रमको सारसक्षेप
१. बालवालिकाको सर्वाङ्गीण विकासमा सहयोग गर्न विद्यालय नर्सिङ्ग कार्यक्रम सञ्चालन गर्न
२. यस वर्ष कम्तीमा पाँच वटा वडा कार्यालय भवन निर्माण गरिनेछ ।
३. स्वास्थ्य बिमा कार्यक्रमलाई सञ्चालन गरिने छ,
४. आर्थिक विकास र समृद्धिको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई जीवन्त व्यवसायिक र आधुनिकीकरण गर्न यस रास्कोट नगरपालिकालाई स्थानीय पूर्वाधार सहयोग कार्यक्रम र नगरपालिको सयुत्त लगानीमा वृहत सिंचाइ आयोजना सञ्चालन गर्ने नीति अवलम्वन गरिनेछ ।
५. आगामी ३ वर्ष भित्रमा ३००६ घरधुरीमा स्वच्छ खानेपानी पुर्याइने छ ।
६. लक्षित वर्गका कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
७. देउरामालिका हुँदै बडिमालिकासम्म बाटो निर्माण कार्यलाई प्राथमिकता दिईनेछ ।
८. रास्कोट नगरपालिका भित्रका सम्पूर्ण गोरेटो र घोरेटो बाटोलाई पि.सि.सि र आर.सि.सि गरी स्तर उन्नती गरिनेछ ।
९. नगरपालिकामा स्त्री रोग सम्बन्धी उपचारका लागि नि:शुल्क स्वास्थ्य शिविर संचालनमा ल्याईनेछ ।
१०. आम रास्कोट नगर वासीलाई नगरपालिकाबाट दिने सम्पुर्ण सेवालाई एकिकृत रुपमा सुविधायुक्त प्रशासनीक भवनबाट सेवा प्रवाह गरिनेछ ।
११. घर विमा कार्यक्रमलाई थप प्रभावकारी बनाईनेछ ।
१२. योजना अनुगमन तथा मुल्याङ्कन समिति द्धारा नगरपालिकामा सञ्चालित आयोजनाहरुको बस्तु स्तरमा गई प्रभावकारी रुपमा अनुगमन तथा मुल्याङ्कन गरी भुत्तानी दिने निति लिईनेछ ।
१३. नीति तथा कार्यक्रमका उद्देश्य हासिल गर्न संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसंग लागत साझेदारीका आधारमा सम्पन्न गर्ने पर्यत्न गरिनेछ ।