रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

पुर्व तयारी अनुसार कालिकोटका हरेक वडामा माओवादी केन्द्रको जनतासंग माओवादी रूपान्त्रण अभियान उद्घघाटन

कालिकोटमा संगठन सुधारका लागि नेकपा माओवादी केन्द्रले सञ्चालन गर्ने जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको आज जिल्ला भरका वडामा पुर्व तयारी सवरूप उद्घघाटन भएको छ । केन्द्रीय तहका नेताहरुलाई पालिका र प्रदेश कमिटीका नेता गाउँ वडामा पठाएर माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्न लागेको छ ।प्रधानमन्त्री एवम् माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार एक समारोहबिच काठमाण्डौबाटै अभियानको जुम मार्फत औपचारिक उद्घघाटन गर्नु भएको छ ।‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नाराका साथ माओवादी केन्द्रले ३ महिने अभियान सन्चालन गर्न लागेको हो । कालिकोटका ८२वटै वडामा आज एकसाथ अभियानको उद्घघाटन गरिएको छ ।अभियानमा नेताहरू सक्रियरूपमा लागेका छन । माओवादी केन्द्रले र ७५३ पालिकाको वडा वडामा नेताहरू यसअघिनै केन्द्रित गरिएसकेको छ । माओवादी केन्द्रले ७ प्रदेशकै हरेक वडा तहमा आफ्ना नेता तथा कार्यकर्ताहरु खटाएर पार्टी संगठन सुधारको अभियान सुरू गरेको हो ।
सोही अनुसार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिले पनि विशेष रुपान्तरण अभियानको तयारी व्यापक गरेको छ । माओवादी केन्द्रको जनमत बढाउने र कमजोर बन्दै गएको पार्टीको धरालतलाई सुधार गर्दै संगठन निर्माणमा जुटेको छ ।
कालिकोटमा अभियानलाई सफल बाउन माओवादी केन्द्रका केन्द्रदेखि जिल्ला तहका नेताहरु वडा वडामा जुटेका छन् । कर्णालीमा पनि माओवादी केन्द्रले तयारी बैठक तथा निर्देशनात्मक कार्यक्रम यश अघि सम्पन्न गरेर अभियानको व्यापक तयारी गरेको हो ।
प्रदेश समितिले उक्त अभियानका लागि नेताहरुलाई फरक फरक जिल्लाका स्थानीय तहको कमाण्डर तोकेर खटाइसकेको छ । हरेक जिल्लामा फरक जिल्लाको नेतालाई कमाण्डर तोकिएको छ भने ८२ वटै वडामा फरक–फरक जिम्मेवारी दिएर इञ्चार्ज तोकिएको छ ।
अभियान अन्तर्गत वडा–वडामा पनि नेता, कार्यकर्ताहरुलाई जिम्मेवारी बाँडफाँट गरिएको माओवादी केन्द्र कालिकोटका जिल्ला ईन्चार्ज टेक ब बस्नेतले बताउनु भयो ।
उहाका अनुसार अभियान अन्तर्गत माओवादी केन्द्रका नेताहरु वडा तहसम्म पुगेर सरकारले गरेका काम कारबाहीको प्रचारप्रसारसहित संगठन विस्तार तथा सुधारका काम गर्नेछन् ।
‘अभियान अन्तर्गत सरकारले गरिरहेका राम्रा कामका विषयमा नागरिकहरुलाई जानकारी गराउने, अहिले भइरहेका भ्रष्टाचार प्रकरणहरुको छानबिनसँग जोडेर पार्टीको रुपान्तरण अभियान सञ्चालन हुने बताइएको छ । माओवादी नेताहरु सहर केन्द्रित भए, आफ्ना मुद्दा र एजेण्डा भुलेर सत्ता र पदको लोभमा नेताहरु संलग्न देखिएको निष्कर्ष निकाल्दै माओवादी केन्द्र जनतासंग माओवादी रूपान्त्रण अभियानमा लागेको हो । त्यसलाई सुधार गर्दै जनताको घरघरमा पुगेर समस्या बुझ्ने, समस्या समाधानको पहल गर्ने, जनश्रमदान लगायतका काम गर्ने गरी नेता तथा कार्यकताहरु खटाइएको माओवादी केन्द्रका नेता जिल्ला संयोजक लक्ष्मि चौलागाइले बताउनु भयो ।
माओवादी केन्द्रले ३ महिनासम्म वडा वडामा पुगेर आम नागरिकहरुसँगको छलफल अन्तरक्रियाबाट श्रम लगायतका कामहरुमा पार्टीका नेता तथा कार्यकर्ताहरु जोडिएर रुपान्तरण अभियान सञ्चालन गरिने उहाले बताउनु भयो ।
‘पार्टीका शीर्ष नेताहरु पनि वडा केन्द्रित रहेका छन् । वडा अध्यक्षहरुको अगुवाइमा तल्लो तहसम्म पुगेर नागरिकहरुसँगको अन्तरक्रियाबाट समस्या पहिचान र समाधानको पहल गरिने छ । उक्त अभियानमा वर्तमान सरकारले गरेका काम कारबाही प्रचारप्रसार गर्ने काम प्राथमिकतामा छ । नागरिकहरुसँगको सम्बन्ध सुदार‘पार्टीको संस्थागत लेबल सुधार गर्न अभियान सुरू भएको छ ।
पार्टीको संस्थागत लेभल कमजोर भएकाले त्यसको सुधारका लागि अभियान महत्त्वपूर्ण रहने बताउनु भयो । वडादेखि केन्द्रसम्मका संरचनाहरु संस्थागत गर्न पार्टीले प्रतिवद्धता गरेकाले सोही अनुसार अभियान थालिएको उहाले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !