कालीकोट ~रास्काेट नगरपालिकाको प्रशासकिय भवन औपचारिक रुपमा उद्घाटन गरिएको छ । कणालि प्रदेशका प्रथम मुख्यमन्त्रि तथा संघिय सांसद महेन्द्र बहादुर शाहीले रिबन काटेर उद्घाटन गरेका छन ।
रास्काेट नगरपालिका को मुकाम आर सि पि बजारमा गएको आर्थिक बर्ष २०७९ / २०८० मा सम्पन्न भएको उक्त भवनको उद्घाटन भए संगै अब प्रशासनिक काम सोही भवन बाट शुरु हुने भएका छन । रास्काेट नगरपालिका नगर प्रमुख धर्मराज शाही( पाेषण)काे अध्यक्षता र नगर उप प्रमुख मनिराज बराल काे विशेष आथित्यतामा प्रशासकिय भवनको उद्घाटन गरिएको छ ।
TDRमंगल दिप निर्माण सेवाले जिम्मा लिएर २०७८साल ८महिना १० गते सिलान्यास भएको उक्त भवन तोकीएको समय भन्दा करिव तीन महिना अगाबै सम्पन्न भएको हो । उक्त प्रशासकिय भवनको कूल लागत तिन करोड ३९ लाख ३८ हजार २ सय २०रुपैया २ पैशामा सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत जवान सिह बमले जानकारी दिएका छन