रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

जनश्रमदानसंगै जोडिएर माओवादीकेन्द्र कालिकोट अभियान सफल गर्दै

माओवादी केन्द्र कालिकोट अहिले तीन महिने अभियानमा छ । ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ मूल नाराका साथ भदौ १६ गतेदेखि सुरु भएको माओवादी बिशेष रूपान्त्रण अभियानमा माओवादी केन्द्रका केन्द्र ,प्रदेशका नेताहरू पालिका ,वडा र टोलटोलमा केन्द्रित छन । दशबर्ष सम्म जनतासंगै बसेको जनतासंगै खाएको र जनताका सुखदुखसंग जोडिएको बिरासद बिर्षेर माओवादी अभिजातमा रूपान्त्रण भएको समिक्षा सहित माओवादीले तीन महिने रूपान्त्रण अभियान थालेको छ । अभियानमा माओवादी नेता–कार्यकर्ताहरू जनताको बालिभित्राउने बिकास योजनामा जनतासंग जोडिएर श्रमदान गर्ने देखि सरसफाइका कामहरूमा श्रमदानसंग जोडिएर राजनितिक संगठनका काम गरिरहेका छन । किसानसँग खेतमा श्रमदान गर्ने काम गरिरहेका छन ।अभियानमा माओवादीहरू जनताको घरघरमा पुग्ने बताइएको छ जनताले गर्ने हरेक काममा सहयोग गर्ने काम माओवादी नेता–कार्यकर्ताहरूले गरिरहेका छन् । माओवादी केन्द्रका नेता महावै गाउपालिका अध्यक्ष खेम ब सिह लगाएतको टोलिले बिकास योजनामा श्रमदान गरेको छ भने पालिकामा खटिएका नेताहरू जनताको श्रमदानसंग जोडिएका छन । जनताको मनमा अहिले पनि माओवादी नै । जनयुद्धकालमा यसैगरी माओवादीहरू जनताको घरदैलोमा पुग्ने, उनीहरूको काम गर्थे, त्यही घरमा खाना खान्थे र जनताका सुझाव अनुसार पार्टी अगाडि बढ्थ्यो तर सान्तिप्रक्रिया पछि जनसम्बन्ध टाढा भएकाले जनताले माओवादीलाई आफ्नो ठान्न छाडेको भन्दै माओवादी घरघरमा, खेतवारीमा र हरेक जनताका सामुहिक तथा ब्यक्तिगतकाममा गएर नागरिकका सुझाव लिने बताइएको छ । सान्तिपछी माओवादीहरू सहरमुखी भएको गुनासो जनताको रहेकोले त्यसलाइ रूपान्त्रण गर्नु पर्ने माओवादी अभियानको लक्ष्य छ । माओवादीका नेता तथा महिला नेतृ मनसोभाबुढाको टिम धान गोडमेलका साथै घाँस काट्ने अभियानमा पनि नागरिककसंगै हातेमालो गरिरहेको छ । सान्नि त्रिबेेणी गाउँपालिकाका माओवादी केन्द्रका नेता लक्ष्मि चौलागाइले घरघरमा माओवादि जनजनमा माओवादी अभियान त्रिव्र पारेका छन हरेक स्कुल, सार्वजनिक कामहरूमा सहयात्रा गरेर अभियान जनतासंग जडिदै गरेको सामाजिक संन्जालमा देखिएको छ। स्थानिय सरकार भएको ठाउमा सत्ता र अभियानको सयुक्तरूपमा पनि सरसफाइ र जनश्रमदानका कामहरू भएको खाडाचक्र नगरको वडा नं १ का अध्यक्ष धर्मराज ताम्राकारले बताए । खाचक्र नगरपालिका मा माओवादी केन्द्रका नेता तथा कार्यकर्तासहित गरेको सफाइ कार्यक्रममा त्यहाँका स्थानीय पनि सहभागी थिए ।
अभियानकै क्रममा कालिकोट पुगेका माओवादी केन्द्रका नेता अभियान अन्तरगत जिल्ला इन्चार्ज टेक ब बस्नेत र प्रदेश संसद दुर्ग ब रावतले जिल्लाभर पालिका बैठक र बिस्तारितरूपमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छन ।उनले माओवादी पार्टी पुनर्निर्माणको अभियानमा लागेको बताउँदै ठुलो त्याग र तपस्याबाट प्राप्त यो उपलब्धिलाई माओवादीले दंम्भर घमण्डका साथ आत्मसाथ गरेर जोगाउनु पर्ने बताए । जनताको काम गर्ने एक मात्र पार्टी माओवादी हो भन्ने कुराको बोध गराउन नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएर फर्केका छन । अभियान सुरु गरेको हप्ता दिनमा नागरिक ,सहिद परिवार र पुर्व पि एल ए परिवार घाइते अपांग र तत्कालिन भुमिगत परिवार भेटघाट र जिल्ला स्थित जनबग्रीय संगठन ,महिला , बिद्यार्थि , बुद्वीजिवि , कर्मचारी र शिक्षक तथा स्वास्थ्यकर्मी ,युवासंगठन र वाइसिएलका गाउगाउमा भेला बैठक र प्रशिक्षण सम्पन्न भएका छन । एक ताका युद्वका बेला सेना ,पार्टी ,जनता र जनबग्रिय संगठनको युनिफाइड कमाण्ड परिचालनको झल्को दिने गरि अभियान थालेको माओवादी जिल्ला केन्द्रका कालिकोट जिल्ला चौलागाइले बताए । विकास निर्माणमा श्रमदान खेतीपातीमा सघाउने देखी नागरिकले माओवादी सत्तासंग गरेको अपेक्षा सुझाव संकलन र शुसासनका सवालमा सुझाव लिन सुरु गरिएको अभियानप्रति जनता उत्साहित रहेको खाडाचक्र नगरपालिका पार्टी अभियान इन्चार्ज तथा नगर उप प्रमुख गणेश शाहीले बताए । यो अभियानमा समाजवादी मोर्चाका बिषयमा राजनितिक प्रशिक्षण संगै पुनर्संगठित भइरहेको माओवादी आन्दोलन र माओवादीका कारण भएको रूपान्त्रणको सन्देश व्यापक रूपमा जनतालाइ जानकारी दिएको बताए । कालिकोटमा माओवादी विशेष रूपान्त्रण अभियान ८२ वटै वडामा ब्यापकरूपमा चलिरहेको छ । १६ गते माओवादी केन्द्रका पार्टी अध्यक्ष प्रधानमन्त्रि पुस्पकमल दाहाल प्रचण्डले देशैभरी भर्चुअलमार्फत गरेको अभियान उद्घघाटनमा केही आंसिक बिकटका वडा बाहेक सबै वडामा जोड्ने काम भएको माओवादी केन्द्रले बताएको छ । उक्त दिन भर्चुअलमा प्राबिधिक कारणले जोडिन नसक्ने वडाहरूमा एफ. एम रेडियोहरू रेडियो प्रदेश आवाज कालिकोट शुभकालिकामा रहेको शुभकालिका र सान्नित्रिबेणीमा रहेको रेडियो सान्नित्रिबेणीवाट प्रत्यक्ष प्रशारण समेत गर्ने ब्यवस्था गरि सबैको घरघरमा पार्टी अध्यक्षलाई पुर्याउने काम भएको माओवादी केन्द्रका जिल्ला संयोजक चौलागाइको भनाइ छ ।
भदौ २ र ३ गते सुर्खेतको शुभ होटेलमा भएको बिस्तारीत बैठक लगतै ४ गते अध्यक्ष प्रचण्डको प्रशिक्षण पछी सुर्खेतमै ,५ गते जवस मोर्चा कार्यक्रम सुर्खेत समन्वयहलमा सम्पन्नभए लगतै ,७ गतेनै जिल्लाको टोलि जिल्लामा प्रस्तावन गरी ८ गतेनै जिल्ला ईन्चार्ज टेब ब बस्नेत , जिल्ला अध्यक्ष लक्ष्मि चौलागाइ सैलेन्द्र , समन्वय प्रमुख तथा प्रदेश सचिव धनजित शाही, प्रदेश कमिटी सदस्य ऐन ब शाही ,रत्न कार्की र वडा नं १ का अध्यक्ष धर्मराज ताम्राकार , लगाएतको टोलिले
खाडाचक्रमा रहेका सहिद परिवार घरघरमा माओवादी जनजनमा माओवादी विशेष रूपान्त्रण अभियान अन्तरगत खाडाचक्र नगरपालिका वडा नं २ का जनयुद्वकालिन सहिद जनम बराल संग्रामकी आमा रत्नकलि बराल उनले जनजुद्वमा राति खानापकाएर खुवाए , छोरा हजारौछौ भने अहिले घरकै सदस्यहरू घरमा बचन लाउछन आफन्थले छोरा कता गए भन्छन , छोरो भया आउदा हुन भन्छन तर पनि मन बुझाएर बसेका छौ तर पनि भोट हाल्छौ तर फर्केर आउदै गर्नु होला उनिहरूको सुझाव छ ।
कासिबराल कम्रेड सैलेन्द्रका बुवा नन्द प्रसाद बराल सहिद रंगे परिवारकी जिवनसंगीनि तारा परियार को घरमा आमाबुवा संग माओवादी नेताहरूसयुक्तरूपमा पुगेर भेटेको पहिलो भएको सहिद परिवारको भनाइ रहेको छ ।
९ गते पार्टी जिल्लाको बैठक : ९ गते नै बेलुका पाटी पालीका अध्यक्ष र पालिका सरकार प्रमुख उप प्रमुख ज्युहरू संग छलफल गरगरीगरी १० गते बिहान प्रेस सेन्टरको आयोजनामा प्रेस सम्मेलन गरि अभियानको योजना तयार गरि रूपान्त्रण बारे चिन्ता भाव शुसासनमा अभियान सफल गर्न कार्ययोजना तयार गर्ने काम भएको चौलागाइले बताए ।
पार्टी आवद्व जनबग्रिय संगठनका नेताहरूको सयुक्त छलफल दिउँसो सम्पन्न गरिएको छ । खाडाचक्र नगरपालिका कमिटीको बिस्तारीत बैठक सम्पन्न समस्या बिषयमा गंम्भिर छलफल भयो ।११ गते घर घरमा माओवादी जनजनमा माओवादी जनतासग माओवादी विशेष रुपान्तन्त्रण अभियान अन्तरगत नौ वटै पालिकामा बैठक सम्पन्न भएका छन ।बैठकमा विभिन्न पाटी परित्याग गरि नेकपा (माओवादी केन्द्र) पाटीमा प्रवेश गरेको पालिका ईन्चार्जहरूले बताएका छन । प्रबेस हुने कमरेडहरुलाई पार्टीमा स्वागत गरीएको पालिका ईन्चार्चहरूले बताएका छन ।
शुभकालिकामा नेकपा एमाले परित्याग गर्ने खगेन्द्र परिवार ,धनजय चौलागाईं र नेपाली काग्रेसवाट विर्जीत सुनार लाई अभियान टिम पालिका इन्चार्ज डम्बर शाहीले गर्नु भयो ।
घर घरमा माओवादी जन जनमा माओवादी भन्ने मुल नाराका साथ जनतासँग माओवादी बिशेश रुपान्तरण अभियानचलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !