हिन्दु धर्मावलम्बी नेपालि महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा कालिकोटमा जनचेतना जगाउन सडक नाटक प्रदर्शन गरिएको छ । जिल्ला सदरमुकाम मान्मको ताडीमा संस्थागत सुधार मार्फत न्यायमा पहुंच अभिबृद्धि परियोजना अन्तरगत महिला शसक्तिकरण मंञ्च नेपाल,दैलेखले कालिकोटको खाडाचक्र नगरपालिका वडा नं ३ ताडीमा सडक नाटक प्रदर्शन गरेको छ ।
खांडाचक्र नगरपालिकाको समन्वयमा भएको उक्त जनचेतना मुलक सडक नाटक प्रदर्शन कार्यक्रममा स्थानिय कलाकारहरुले छिटो विवाहले पार्ने असरका बारेमा सडक नाटक प्रस्तुत गरेर समुदायलाई चेतना जगाउने काम गरेका छन । उनिहरुले बाल्यकालमा पारिवारिक कारणले घरको काम गराउने र महिनाबारी भएपछि गोठमा बस्न बाध्य हुने र विवाह पछि वाल्यकालमा बच्चा जन्माउन नसक्दा आउने समस्याका बारेमा जानकारी गराएको मंञ्चका जिल्ला संयोजक चन्दा पाण्डेले बताइन ।
पछिल्लो समयमा महिलाहरुले चेतना भएर पनि छिटो विहे गर्नुले आउने समस्या र पारेको प्रभावका बारेमा जानकारी गराइएको छ । उक्त सडक नाटकमा छिटो विवाह र त्यसका बारेमा कानुनि प्रावधानहरुका बारेमा जानकारी गराइएको थियो ।
सडक नाटकमा स्थानिय कलाकारहरुले गित मार्फत सन्देश प्रवाह गरेका थिए ।
नेपाली महिलाहरूले आफ्नो आफ्नो स्थानिय चालचलन अनुसारका तिजभाकामा तिज मनाईरहदा ताडिमा भने महिलाहरूले महिला शसक्तिकरण मञ्च दैलेखको आयोजनामा सडक नाटक प्रदशन गरेर तिज मनाएका हुन । नेपालि महिलाहरूको सास्कृति पर्व तिजलाइ गहना प्रदर्शन गर्ने दिनका रूपमा व्याख्या गरिएको भए पनि अबका दिनमा यस्ता पर्वहरूमा सिमान्तकृत समुदायको शसक्तिकरणको सवालमा केन्द्रित गर्न जरूरी रहेको बताउनु संयोजक पाण्डेले बताउनु भयो ।स्थानिय भाषामा तयार पारिएको नाटकले वालविवाह , बहुिबवाह, छाउपडि पर्था जस्ता गैर कानुनि कुरा समाजवाट जरो उखेलेर फाल्नु पर्ने सन्देश दिएका छन ।