कालिकोट ~ रास्काेट नगरपालिकामा पार्टी कार्यकर्ताको वैचारिक स्तर वृद्धि गर्न स्कूल संचालन गरिएको छ । तिन महिने अभियानको विचमा रास्काेट नगर कमिटीले आयोजना गरेको आधारभुत मार्क्सवादी स्कूल संचालन गरिएको छ ।
उक्त कार्यक्रम मा वडा कमिटि नगर गरि कमिटीका १सय ८९ जना पार्टी कार्यक्रता सहभागी रहेको बताइएको छ । नेकपा (माओवादी केन्द्र) रास्काेट नगर कमिटी अध्यक्ष पदम ब खड्का ( शुवास )का अनुसार वडा कमिटी पदाधिकारी, नगर कमिटि र जिल्ला सदस्य र प्रदेश सदस्यको सहभागिता रहेको बताए ।
उक्त पार्टी स्कूलमा केन्द्रिय सदस्य तथा तीन महिने अभियान काे क्रममा कालिकाेट जिल्ला ईन्चार्ज टेक ब बस्नेत पालिका ईन्चार्ज क धनवीर वली , धर्मराज केसीले पहिलो दिन लेनिनवादी संगठनात्मक सिद्धान्त, अतिरिक्त मूल्यको सिद्धान्त, पार्टी संगठन परिचालन र व्यावस्थापनमा सुचना संचारको महत्व, विज्ञानको विकास र माक्सवाद लगाएतका विषयमा प्रशिक्षण दिएको पत्रकार टिकाराज उपाध्याय ले बताउनु भएकाे छ।
दोस्रो दिन अर्थात असोज १६ गतेका दिनमा स्थानिय सरकार परिचालन, विकास निर्माण र पार्टीको भूमिका, राजनितीक अर्थ शास्त्र, कम्यूनिष्ट पार्टीको घोषणापत्र र जिवनशैली का साथै अन्य विषयमा प्रशिक्षण दिइएको बताइएको छ ।
पहिलो पटक पार्टी स्कूल संचालन गरिएकोमा कम्युनिष्टले लागु गर्नु पर्नेमा सहभागि कमलराज शाहीले बताए ।