कालिकोट ~ रास्काेट कार्तिक२१ गते बाट तिलागुफामा संचालन हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगितालाई लक्षित गर्दै खेलाडी छनोट गर्न रास्काेट नगरपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिता नगरपालिका स्थित जनजागृति माबि रास्काेट ८ फुकाेटमा पालिका स्तरीय चाैथाे राष्टपति रनिङ सिल्ड प्रतियाेगिता उद्घाटन गरिएकाे छ ।
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खेमराज शाहि काे सभाअध्यक्षतामा , रास्काेट नगरपालिका नगर धर्मराज शाही( पाेषण)काे प्रमुख आथित्यता ,विशेष अर्थिति रास्काेट नगरपालिका नगर उपप्रमुख मनिराज बराल ,जिल्ला समन्वाय समिति सदस्य सुर्जा राेकाया तथा सबै वडाका अध्यक्ष हरु अतिथि रहनु भएकाे थियाे । कार्यक्रममा रास्काेट नगरपालिकामा संचालन रहेका चार वटा माध्यमिक बिधालयहरु सहभागी रहेकाे नगरपालिका शिक्षा युवा तथा खेलकुद बिकास शाखा खेलकुद प्रशिक्षक ले जानकारी दिनु भयाे छ। कार्यक्रम कार्तिक२ गते सम्म संचालन हुने आयाेजकले जनाएकाे छ ।