रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

कालिकोटको खुलालु कालेखोलामा डोजर पहीरोमा पुरियो , चालक पचालझरना ८ का धिर संज्यालको निधन

जुम्ला सुर्खेत कर्णाली राजमार्ग र खुलालु हिल्सा कर्णाली करिडोर को जिरोपैन्ट स्थित खुलालु पुल नजिक सडकमा डबल कटीङ गरिरहेको डोजर पहिरोमा पुरीएर चालक पचालझरना ८ निवासी बर्ष २६ का धिर संज्याल को निधन भएको छ । निर्माण कम्पनिको डोजर काम गरिरहेको ठाउमा माथिबाट ठुलठुला ढुंगासहितको पहिरो खसे पछि डोजर चालक कालिकोटको पचालझरना ८खडतोलि निवासि धिर सज्याल डोजरसंगै पुरीएका छन । सडक निर्माण गर्ने क्रममा माथिबाट पहिरो खस्दा jcb सहित पहिरोमा परि चालकको घटना स्थलमै मृत्यु भएको खबर छ । घटना लगतै जिल्ला प्रहरी कार्यालयवाट प्रहरी घटना स्थल पुगेको छ । अहिले अर्को jcb मार्फत पहिरो हटाउने काम भैरहेको मृतक संज्यालको पारीवारीक श्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !