कालिकोट पचालझरना गाउपालिकाको वडा नं २ का अध्यक्ष करबिरे बिक जातिय छुवाछुतमा परेका छन । जिल्लाको पचाँलझरना गाउपालिका १ निवासी गोकुल बोगटीले स्वास्थ्य चौकी सार्ने बिवादको बिषयलाइ लिएर भएको बिवादमा सामाजिक सन्जालमा आफुलाइ वडा अध्यक्षले रिप लेखेको भन्दै स्वास्थ्यचौकि कार्यालय सहयोगी समेत रहेका बोगटीले वडाअध्यक्ष करबिरे बिकलाइ जातिय छुवाछुत हुने गरि गाली दिएको अडियो बाहिरीएको छ ।
स्वास्थ्य चौकि स्तान्त्रणको बिवादको बिषयलाइ लिएर बोगटीले साााजिक सन्जालमै जातिय विभेद हुने शब्द लेखेका छन । यो बिषयले बिवाद सामाधान गरिएको भनिय पनि बिवाद झन चुलिएको देखिन्छ । केही दिन यता पचालझरना वडा नं १ र २ को बिच पाइक पर्ने ठाउमा रहेको स्वास्थ्य चौकि केही बर्ष पहिले भवन डिभिजन जुम्लाले स्वास्थ्य चौकि भवन निर्माण गर्दा पाइक नर्पने ठाउँ रूच्का भन्ने ठाउमा निर्माण गरेको भन्दै स्वास्थ्य चौकि स्तान्त्रणको बिवाद समुदायमा पुगेको थियो । केही समुदाय जहाँ भवन छ त्यहाबाट सेवा दिनु पर्छ भन्ने र केही वडा नं २ को पुरै र वडा नं १ को बहुमत समुदायले भवन अपाइक पर्ने ठाउमा निर्माण गरेर स्वास्थ्य सेवा समुदायको पहुच भन्दा टाढा सार्न खोजिएको भन्दै बिवाद सृजना गरेका थिय । उक्त बिवादमा वडा वडा न १ र २ नं वडा अध्यक्षले बिज्ञप्ति प्रकासित गरेर स्वास्थ्य चौकि हाललाइ साबिककै ठाउबाट दिनु पर्ने बताए ।
त्यसको बिपक्षमा रहेका गोकुल बोगटिले वडा नं २ का अध्यक्ष करबिरे बिकले गोकुल बोगटीलाइ सामाजिक सन्जालमा रिप लेखेर कमेन्ट गरेको भन्दै गोकुल बोगटीले वडा नं २ का अध्यक्ष करबिरे कामिलाइ तथानाम फेसबुकमा लेखे , बोगटीले फोन गरेेर जातिय भेदभाव हुने गालि दिएको वडा नं २ का अध्यक्ष करबिरे कामिले बताए । शुक्रबारनै दलित अधिकार कर्मिहरूले प्रमुख जिल्ला अधिकारीलाइ भेटेर जातिय भेदभाव कसुर ऐन सजाय २०६८ अनुसार बोगटीलाइ मुद्वा प्रहरीमा दिएका छन ।
बोगटी पनि बदालकोट स्वास्थ्य चौकिका कार्यालय सहयोगि पनि हुन । सरकारको वडा अध्यक्षलाइनै यसरी गालि गर्नु जातियभेदभावको पराकाष्ट भएको अधिकार कर्मी हजा सुनारले बताइन । उनी लगाएत जिल्लामा रहेका दलित अधिकार कर्मीले प्रहरीसमक्ष उजुरी दिएका हुन ।
अधिकार कर्मीको निर्देशन पछि बोगटीलाइ प्रकाउ गरि जिप्रका ल्याउन त्यहाको प्रहरी युनिटलाइ निर्देशन गरिसकेको प्रहरी निरक्षक प्रकाश केसिले बताए ।