रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

सामुदायीक शिक्षामा गुणस्तर सुधार गर्न पलातामा प्रधानाध्यापक भेला, शैक्षिक सुधार गर्ने मुख्य जिम्मेवारी समाल्न प्रअलाइ अध्यक्ष रोकायाको आग्रह

पलाता गाउपालिका अध्यक्ष बिष्णु ब रोकायाले पलाताको शिक्षा सुधारका लागि हुने कन्जुसाई स्वीकार्य नहुने बताउनु भयो । पलाता गाउपालिकामा रहेका सामुदायीक बिद्यालयका प्रधानाध्यापकहरूको भेलामा बोल्दै पालिका अध्यक्ष रोकायाले शैक्षिक सुधार गर्ने जिम्मा प्रधानाध्यापकको रहेको बताउनु भयो । सोचमा ईमान्दार र पेसा प्रति बफादार भए मात्र शिक्षा सुधार हुने अध्यक्ष रोकायाले बताउनु भयो । सामुदायीक शिक्षामा गुणस्तर सुधार गर्न पलाता गाउँपालिका शिक्षासाखाले आयोजना गरेको सामुदायीक बिद्यालयका प्रधानाध्यापकहरूकोभेलामा गाउपालिका अध्यक्ष रोकायाले यस्तो बताउनु भयोको हो । सामुदायीक बिद्यालयको भौतिक ,शैक्षिक वातावरण सुधार गरि शिक्षामा गुणस्तर सुधार गर्ने प्रतिबद्वता सहित भेला सम्पन्न भएको छ ।। वडा नं २ का अध्यक्ष भिम प्रसाद न्यौपानेले शैक्षिक सुधारगर्ने काम प्रधानाध्यापक मुख्यहने बताउनु भयो ।रोकायाले अब पालिकामा दरबन्दी मिलान हुने बताउनु भयो ।
कार्यक्रममा हिमाल मल्टी प्रपोज एण्ड रिसर्च प्रालिका प्रमोद घिमिरेले बिद्यालयको समस्या सामाधान गर्न बिद्यालयको समस्या सम्बन्धि फम भराएको र त्यसबाट बिज्ञसमुहले अध्ययन गरेर कायदिशा निर्माण गरी पालिकाभरको शीक्षालाइ दिशा निर्देश गर्ने बताउनु भयो ।गाउशिक्षा समितिका सदस्य तथा पलता माओवादी केन्द्र का इन्चार्ज मान ब भण्डारीले शिक्षा सुधार गर्नु पर्ने बताउनु भयो ।शिक्षा प्रर्णालि सक्षम रहेको देशमा जनशक्ति दक्ष रहने भन्दै गाउपालिकाको शैक्षिक सुधार प्रअको हातमा रहेको बताउनु भयो।
माडुगडा आधारभुत बिद्यालयका प्रधानाध्यापक धनमान सिह रोकायाले पलाता गाउँपालिका केन्द्र रानिबिसौनामा पालिका प्रधानाध्यापकहरूको बैठक गरेर नया सन्देश दिएको बताउनु भयो पालिकाको शैक्षिक गुणस्तर सुधार गर्न सफल हुने बताउनु भएको छ । समस्या फरक फरक छन । कतै भवन छैनन कतै शिक्षक छन कतै बिद्यार्थि छैनन् कतै विद्यार्थी छन शिक्षक छैनन् दरबन्दी मिलान देखि शिक्षक समस्या र ब्यवस्थापन चुनौतिरहेको बताउनु भयो ।
शैक्षिक सुधार गर्न २२ गते नौ वटै वडा अध्यक्षको बैठक बसि निर्णय लिएको थियो ।कालिका माबि पुलाहाका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुना भण्डारीले आफ्नो बिद्यालय प्रधानाध्यापकले सुधार गर्नु पर्ने बताऊनु भयो । बिद्यालय ब्यवस्थापनसमिति, शिक्षक अबिभावक र बिद्यार्थि स्वयम सक्रिय हुनु पर्ने बताउनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत शुरेश कुमार श्रेष्ठले सामाजिक,आर्थिक र सास्कृति र भौतिक सुधारमा प्रअको भुमिका मुख्य रहने बताउनु भयो । कक्षा शिक्षण कस्तो छ ,बिद्यालय कक्षामा शिक्षक पढाउछ कि पढाउदैन हेर्नू पर्ने बताउनु भयो । बिद्यालय शिक्षा योजना बनाएर ५ बर्षको लक्ष्य निर्धारण गर्ने पालिकाले निति लिएको बताउनु भयो ।
कर्णालि माबि खिनमा २४ जना भर्ना देखिन्छन तर नियमित ८ जना छन १६ गायभ छन माबिसम्म दरबन्दी पुुरा छ तर बिद्यालयमा लाप्रबाही छन । पलातामा ११, १२ मा उपस्थिति शून्य रहेको छ । ७५% हाजिरी नहुनेलाइ बार्षीक परिक्षामा सहभागी नगराउने बताउनु भयो ।दक्षिण यसियामा पहिलो खुल्ला दसशामुक्त नेपालमा स्कुल वातावरण सुधार नभएको भेटियको बताउनु भयो। बिद्यालय प्रअ ,ब्यवस्थापन समिति र अबिभावकको त्रिपक्षिय सम्बन्ध हुनु पर्ने बताउनु भयो ।
शिक्षा संयोजक कल ब भण्डारीले गाउँ शिक्षा समितिले निर्णय गरेर सामाजिक परिक्षण नगर्ने बिद्यालय सेवासुबिधा रोक्ने र धुलो रहित कक्षा कोठा आरामदायी बसोबास भनेर पालिकाले रकम हालेको छ तर कार्यन्वयन नभएको उहाले बताउनु भयो ।
पलाता गाउपालिकाका स्थित सरस्वति माबि राडुनेटाका प्रधानाध्यापक सर्जन प्याकुरेलको अध्यक्षतामा प्रधानाध्यापक बैठक सम्पन्न भएको हो । भेलामा पलाता गाउपालिकामा रहेका ४१ वटा प्रधानाध्यापकहरू सहभागी रहेका थिय ।
शिक्षक ,विद्यार्थी पोसाक अनिवार्य , बिद्यालय बिहानि म्युजिक रोलकाल अनिवार्य , गर्ने र बिभिन्न अन्तर बिद्यायालय स्तरीय प्रतियोगित आयोजना गर्ने बताउनु भयो । शैैक्षिक सुधार गर्ने प्रतिबद्वता सहित बैठक सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !