कालिकोट जिल्लाको सदरमुकाम मान्म बजार क्षेत्रभित्र अवैध रुपमा सञ्चालन भैरहेका औषधी पसलहरु बन्द गरिएको छ। मान्म बजारका अधिकांस औषधी पसल तथा क्लिनिकले मापदण्ड पूरा नगरेको पाइएपछि बन्द गरिएको हो । औषधी बिक्रीवितरण तथा स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा बनेका ऐन नियमहरुको पालना नगरी खोलिएकाले औषधी पसल तथा क्लिनिक बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज कुमार अधिकारीले बताए ।बुधवार जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा संयुक्त अनुगमन टोलीले मान्म बजारमा अनुगमन गर्दा बिष्ट मेडिकल हल र कुशुम मेडिकल हलमा फार्मासिट बिनै औषधी बिक्री गरेको भन्दै ताला लगाएको हो ।
अनुगमनमा डा. सुभनारायण शाहीले अधिकांस मेडिकलमा अस्पताल व्यवस्था विभागद्धारा अनुमती नदिएका औषधी र म्याद सकिएका औषैधी भेटिएको बताउनु भएको छ । औषधीको मनोमानी मुल्य र गैर अनुमोदित औषधीका कारण ज्यान जोखिममा हुने डा. शुभनारणले बताए ।जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ,स्वास्थ्यकर्मी लगायतको संयुक्त टोलीले बिुधबार मान्म बजारमा अनुगमन गरेको थियो ।औषधीको मनोमानी मुल्य र गैर अनुमोदित औषधि विक्रि गर्ने गरेको,भन्ने जनगुनासो आउन थालेपछि पछिल्लो समय अनुगमन कार्यलाई तीव्रता दिइएको अधिकारी बताए ।