रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

सामाजिक लेखा परिक्षण प्रतिवेदन पेस नगर्ने सान्नित्रिबेणीका विद्यालयको तलव भत्ता रोक्का

समयमै सामाजिक लेखा परिक्षण प्रतिवेदन सार्वजनिकि नगर्ने सामुदायिक विद्यालयका शिक्षकहरुको तलब भत्ता रोकिएको छ । आर्थिक वर्ष २०७९।०८० को सामाजिक लेखा परिक्षण नगरेका विद्यालयको तलव भत्ता रोकिएको हो । सान्नी त्रिवेणी गाउँपालिकाले पटकल पटक सुचना निकालेर समयमै सामाजिक लेखा परिक्षण प्रतिवेदन पेश गर्न भनेपनि अहिले सम्म सामाजिक लेखा परिक्षण नगरेका पालिकाका ५ वटा विद्यालयको तलब भत्ता रोक्का गरिएको शिक्षा शाखाले जनाएको छ । गाउँपालिकामा रहेका २९ वटा सामुदायिक विद्यालय मध्य २४ वटा विद्यालयले मात्र सामाजिक लेखा परिक्षण प्रतिवेदन पेश गरेपछि तलब भत्ता भुक्तानि भएको र वाँकी ५ वटा विद्यालयको रोक्का गरिएको शिक्षा शाखा प्रमुख मोहनविर धामीले बताउनु भयो । धामीका अनुसार कार्तिक मंसीर र पुस महिनाको तलब भत्ता रोक्का गरिएको छ । सामाजिक लेखा परिक्षण प्रतिवेदन सार्वजनिक नगरी तलत्र भत्ता रोक्का हुनेमा पंचदेवल मावि मेहलमुडी, कालिका मावि डाडाखेत, जनज्योति मावि तिकुवा, विद्याज्योति मावि लुइयाटा र धवलपुरा आवि लुइयाटा रहेको छन । कालिका मावि डाडाखेत र धवलपुरा आवि लुइयाटाको भर्खर सामाजिक लेखा परिक्षण प्रतिवेदन आएको र उनिहरुको तलब भत्ता भुक्तानि प्रक्रीयामा रहेको शाखा प्रमुख धामीले बताउनु भयो । विद्यालय प्रशासन, अभिभावक संघ र विव्यस समितिको लापर्वाहिले समयमै सामाजिक लेखा परिक्षण प्रतिवेदन प्रश्तुत गर्न नसक्दा विहान देखि वेलुका सम्म अध्यापन गराउने शिक्षकहरुको तलब भत्ता रोकिएपछि समस्या भएको शिक्षकहरु बताउछन । सामाजिक लेखा परिक्षण गर्ने जिम्मा हाम्रो त हैन तर प्रधानाभ्यापकका कारण आफ्नो तलव भत्ता रोकिएको शिक्षकहरुले बताएका छन । यता पालिकाले सामाजिक लेखा परिक्षण प्रतिवेदन नआएसम्म तलव भत्ता भुक्तानि नदिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !