रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्कोट नगरपालिकामा सार्वजनिक सुनुवाइ , के कस्ता छन नागरिक गुनासा

सार्वजनिक सेवाको शुसासन ,पारदर्शीता र उत्तरदायीत्व अभिबृद्वि गर्न जिल्लाको रास्कोट नगरपालिकामा ‘हामी बनाउँछौं हाम्रो नगर’ भन्ने मूल नाराका साथ अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ ।
सार्वजनिक सुनुवाइमा नागरिकले हरियालि रास्कोट भनेर सरसफाइ गुरूयोजना नबनाउदा जताततै पलाष्टिकजन्य फोहोर बढेको , शिक्षककाज सरूवा , वडा र नगरको प्रशासनिक बजेट खर्च , जेन्सि सामान खरिद , फिल्ड भिजिट र अनुगमन ,सवारी ईन्धन र एम्बुलेन्स सन्चालन लगाएतका बिषयमा प्रश्नहरू गरेका थिय ।
नाागरिकले रास्कोट नगरबस सन्चालन किन भएन , कतिपय बिद्यालय र योजनामा कामदारले ज्यालामजदुरी  नपाएको ,बडिमालिका देउरा सडक निर्माण लगाएतका कामहरूका बारेमा प्रश्न गरेका थिय ।
उठेका सवालहरूको नगर प्रमुख धर्मराज शाही , उप प्रमुख मनिराज बराल , शिक्षा साखा प्रमुख खेमराज शाही , प्रमुख प्रशासकिय अधिकृत जवानसिह बम , प्राबिधिक साखा प्रमुख नरेश शाही ,वडा नं ९ का अध्यक्ष धन ब धामी , वडा नं ४ का अध्यक्ष दिनेश संंज्यालले जवाफ दिनु भयो ।
शनिबार नगरपालिकाको प्रशासकिय भवन प्राङगढ आरसिपि बजारमा आयोजित सार्वजनिक सुनुवाइ २० जना भन्दा वढी सहभागी सेवाग्राहि प्रश्नकर्ताले ६० बढी प्रश्न गरेका थिय। नगरका गतिविधि र क्रियाकलापबारे जानकारी गराउन जनतामाझ सार्वजनिक सुुनुवाई कार्यक्रम गरीएको हो ।
आर्थिक बर्ष २०८०/८१ मा विनियोजित बजेट, नगरका वडा कार्यालय र बिषयगत साखाको कार्यसम्पादन र योजना नीति निर्माण र कार्यक्रम तथा खर्चका बारेमा पालिकाका नागरिकलार्ई जानकारी दिनुका साथै उनिहरूका गुनासा सुन्न सार्वजनिक सुनुवाइ आयोजना गरीएको हो । सुशासन, पारदर्शिता उत्तरदायीत्व र जवाफदेहीताका लागी नगर सरकारले बिभिन्न १० बुदामा प्रतिबद्वता समेत गरेको बताईएको छ । नगरपालिकाले गरेका गतिविधि जनतामाझ सार्वजनिक गर्नुका साथै रास्कोट नगरपालिकालाई बिकासको मोडल दिन जनताको सुझाव लिने उधेश्यले कार्यक्रम गरेको कार्यक्रमका प्रमुख जवाफदेही बक्ता नगर प्रमुख धर्मराज शाही ( पोषणले बताउनु भयो ।
कार्यक्रममा रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही (पोषण) द्वारा प्रगति प्रतिबेदन र नगरका प्रमुख प्रशासकिय अधिकृत जवान सिह बमले आर्थिक प्रतिवेदन पेस गरे पछि मास डिस्कशन सुरू भएको थियो । नगर प्रमुख शाहीले सुन्दर रास्कोट समृद्ध नगरपालिका बनाउनका लागि नगरले विभिन्न कार्यक्रमहरुको थालिन गरेको बताउनु भयो । रास्कोटको आफ्नै प्रहरी , मेयर हेल्थ केयर मार्फत स्वास्थ्य सेवा गाउघरमा , सामाजिक सुरक्षाभत्ता घरदैैलोमा , शिक्षामा आबासिय सुबिधा सहित परिक्षा प्रणालिमा सुधार , सार्वजनिकजंग्गाको अतिक्रमण रोक्ने जस्ता दर्जनौशुससानका कामहरू गरेको बताउनु भयो
नगर प्रमुख शाहीले’ रास्कोट नगरपालिका भित्र सामुदायिक विद्यालयमा डिजिटल स्मार्ट बोर्ड, कार्यक्रम, प्रत्येक घरको बिमा, एक घर एक धारा, नागरिकको सहजता लागि पालिकामै नुन डिपो स्थापना, विद्युत महशुल काउण्टर, नगरपालिका भित्र रहेको सार्वजनिक जग्गा नगर सरकारको दायरामा ल्याउने, बृहत् सिँचाई कुलो निमार्ण लगायत शिक्षा, स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन नगरले महत्वपूर्ण कामहरू सुरू गरेर परिणाम निकालि सकेको बताउनुभयो ।
नगर प्रमुख शाहीले नगपालिकाको उपलब्ध स्रोत साधनबाट कार्य सम्पादन गर्दा केहिँ समस्या हुनसक्ने र त्यसको समाधानका लागि प्राप्त सुझावहरुलाई आगामी दिनमा लागु गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगर उपप्रमुख मनिराज बरालले नागरिकहरुको सेवा प्रभावकारी बनाउन र कमि कमजोरी हटाउन सार्वजनिक सुनुवाई गरेको बताउनुभयो । नागरिकले सरकार र सार्वजनिक निकायका बारेमा जान्न बुझ्न पाउनु प्रत्येक नागरिकको हक अधिकार भएको भन्दै नगर उपप्रमुख बरालले सार्वजनिक सुनुवाइलाइ निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाको समग्र बिषयमा नगर प्रमुख धर्मराज शाही , उपप्रमुख मनिराज बराल, प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बम र सम्पूर्ण वडाका वडा अध्यक्ष, विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारिलगाएतले उठेका सवालको जवाफ दिएका छन । कार्यक्रममा नगर प्रमुख, -उपप्रमुख , वडा अध्यक्ष ,प्रमुख प्रशाकिय अधिकृत एवं सम्पुर्ण विषगत शाखा प्रमुखले सहभागीहरु बाट उठेका प्रश्नको जबाफ दिनुभएको थियो कार्यक्रमको प्रत्यक्ष प्रसारण र सहजिकरण रेडियो प्रदेश आवाज बाट भएको थियो, भने खबर कर्णाली बाट live प्रशारण भएको थियो । कार्यक्रमको सहजिकरण रेडियो प्रदेश आवाजका अध्यक्ष रत्न कार्किले गर्नु भयो भने कार्यक्रमका उठेका सवालको टिप्पणी गरि सहजकर्ता अधिबक्ता उमाकान्त न्यौपानेले निचोट सहित प्रतिबद्वता पत्र तयार गरि नगर प्रमुख र उप प्रमुख लाइ प्रतिबद्वता गराउनु भएको थियो । रास्कोट नगरपालिकाको लागी सार्वजनिक सुनुवाइ पहिलो भएको र आगामि दिनमा यस्ता कार्यक्रम नागरिकको पहुचमा पुर्याउन वडा वडामा आयोजना गर्ने नगर प्रमुुख तथा प्रमुुख जवाफदेही बक्ता धर्मराज शाहीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !