कालिकोटको रास्काेट नगरपालिका ३ नं. वडा कार्यालयको प्रशासनिक भवनको स्थानलाइ लिएर दुइ समुदाय बिच बिवाद झनझन चुलिदै जान थालेको छ । वडा नं ३ का कोलिगाउ र माथिल्लो कोलिगाउ ,साकाटियामा बस्तिका समुदाय दुइ समुहमा बिभाजित भएका छन । यस अघिका वडा अध्यक्ष देउसिगे कुमालले दुइ बस्तिको बिचमा माथिल्लो कोलिगाउमा जग्गा खरिद गरेर भवन निर्माण गर्न पहल भएको थियो । तर भवनको ठेक्का नहुदै पहिलो सरकारको कार्यकाल सकिय पछि अहिले चिट्ठा सिस्टमबाट वडा अध्यक्षमा बिजयी भएका वडा नं ३ का अध्यक्ष राजेन्द्र नाथ योगिले पहिलो जग्गा अपाइक पर्ने ठाउमा भन्दै पुन तल्लो कोलिगाउमा प्रशासनिक भवनको जग्गा खरिद गरे पछि बिवाद सृजना भएको थियो ।ओैपचारीकरुपमा नगर प्रमुख धर्मराज शाही, प्रमुख प्रशासकीय अधिकृत जवान सिंह बम र वडा अध्यक्ष लगाएतको उपस्तिथिमा सोमबार सिलान्यास गरिएको छ ।
अघिल्लो सरकारले वडा नं ६ र ९ मा यस अघि भवन बनिसकेका छन । अहिले वडा नं १,२,४, ७,८ काम सञ्चालन भइरहेकाे छ । तर वडा नं ३ को वडा कार्यालय निर्माण समुदायको बिभाजनले का कुन जग्गामा निर्माण गर्ने भनेर निर्माण ब्यवसायी अलमलमा परेका छन ।
यस अघि वडा अध्यक्ष राजेन्द्रनाथ योगीले तल्लो कोलिगाउमा वडा कार्यालय सिलान्यास गरेका थिय भने सोमबार बिहान पुन रास्कोट नगर प्रमुख धर्मराज शाही पोषणले कुमालवडामा वडा कार्यालय भवनको सिलान्यास गरेका छन । भवनको नगरप्रमुख धर्मराज शाही पोषणले सिलान्यास गर्नुभएको हो ।सिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख शाहीले छिटो छरितो र गुणस्तरिय भनव निमार्ण गर्न समेत निमार्ण व्यावसायीहरुलाई निर्देशन दिनु भयो ।निर्माण ब्यवसायी ध्वज ब शाहीसमेतको उपस्तिथिमा गरिएको सिलान्यासमा नगर प्रमुख धर्मराज शाही,प्रमुख प्रशासकिय अधिकृत जवानसिंह वम,पूर्व वडा अध्यक्ष देउसिंगे कुमाल,वडा सदस्य तथा कार्यपालिका सदस्य,राजनीतीक दलका प्रतिनिधी लगायत स्थानिय नागरिकको उपस्तिथी रहेको थियो ।संघ सरकार,प्रदेश सरकार,र स्थानीय सरकारको सयुक्त साझेदारीमा १,२,३,४,७,८ को भवनको निर्माण हुने भएका छन भने, वडा नम्बर ६ र ९ को भवन गत बर्ष निमार्ण सम्पन्न भैसकेका छन ।