रास्काेट नगरपालिका स्थित रास्काेट अस्पतालमा याैन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएकाेछ । प्लान इन्टरनेशनल नेपालकाे आर्थिक सहयाेग हुरेन्डेक नेपाल कालीकाेटकाे साझेदारीमा संचालित सशक्त बालिका परियाेजना अन्तगत रास्काेट नगरपालिकाे समन्वयमा शिविर संचालन गरिएकाे हाे । हुरेन्डेक नेपाल कालीकाेटका महासचिव दान बहादुर बिककाे सभापतित्वमा संचालन भएकाे शिविरमा रास्काेट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जवानसिह बमकाे प्रमुख आतिथ्थतामा रहेकाे शिविरमा रास्काेट नगरपालिकाका सम्पुर्ण वडाबाट याैन तथा प्रजनन स्वास्थ्य सम्बिन्धि समस्या भएका किशाेर,किशाेरी तथा युवा महिलाहरुले सेवा लिएका थिए । शिबिरमा महिला १७० पुरुष ७ गरि जम्मा १७७ जनाले सेवा लिएका छन । जिल्ला अस्पताल कालीकाेटका मेडिकल अधिकृत प्रतिभा भण्डारी, रास्काेट अस्पतालका मेडिकल अधिकृत सुमन कुसहावा र रास्काेट अस्पतालका स्वास्थ्य कर्मिहरुले बिरामिहरुकाे चेक जाचका साथै उपचार गरीएकाे बताईएकाे छ । उद्घाटन शिविरमा बाेल्दै प्रमुख प्रशासकिय अधिकृत बमले नगरपालिकाकाले गर्न पर्ने काम हुरेन्डेकले गरेकाेमा धन्यबाद समेत ज्ञापन गरेका थिए । ग्रामिण भेगमा किशाेर किशाेरी तथा युवाहरु याैन तथा प्रजनन स्वास्थ्य सम्बन्धि खुलेर आफ्ना समस्याहरु भन्न नसक्नुले थप समस्याहरु आउने गरेकाे र यस्ता समस्याहरु खुलेर स्वास्थ्य कर्मिहरु सग राख्न सेवा ग्राहिहरुलाई कार्यक्रम संयाेजक डम्बर बाेहराले आग्रह गरेका थिए । शिविरमा धेरै जसाे बिरामिहरु महिनावारीकाे समयमा पेट दुखाई,पिसावमा खराबि,महिनावारी गडबडि र पाठेघर सम्बन्धिका बिरामिहरुले उपचार लिईकाे डाक्टर प्रतिमा भण्डारीले बताईन ।










