रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

पलाता गाउपालिका वडा नं १ र २ मा सार्वजनिक सुनुवाई , यस्ता छन सवाल र प्रतिबद्वता

कालिकोट जिल्लाको पलाता गाउपालिकाले आव २०८०/०८१ को वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सुरू गरेको छ । यस अघि गाउपालिका कार्यालयको अद्वबार्षीक सार्वजनिक सुनुवाइ गरेको पालिकाले बार्षीक निति कार्यक्रम तयारी गर्नु पुर्व वडा वडामा सार्वजनिक सुनुवाई मार्फत नागरिक गुनासा सुन्ने उधेश्यले सार्वजनिक सुनुवाइ सुरू गरेको पलाता गाउपालिका प्रबक्ता वडा नं ४ का अध्यक्ष तिलक बुढाले बताउनु भयो । रेडियो प्रदेश आवाजले सहजीकरण गरिरहेको सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं १ मा २६ गते र वडा नं २ मा २७ गते सम्पन्न भएको हो । सार्वजनिक सुनुवाइमा वडा नं १ मा सचिव बालरिसि न्यौपाने र वडा नं २ मा सचिव हिरा थापाले आर्थिक बर्षको प्रगति प्रतिबेदन पेेस गर्नु भयो । वडा नं १ का अध्यक्ष मनरूप न्यौपाने र २ मा भिम प्रसाद न्यौपानेको अध्यक्षयतामा सम्पन्न भएको बताईएको छ । सार्वजनिक सुनुवाइमा उठेका नागरीकहरूको प्रश्नको जवाफ दिन गाउपालिका उपाध्यक्ष अलैपुरा हमाल , प्रमुख प्रशासकिय अधिकृत सुरेेश कुमार श्रेष्ठ गाउपालिकामा रहेको योजना साखाका प्रमुख इन्जिनियर रमेश बस्नेत , कृषि साखाका प्रमुुख रूप ब बम , वडा प्राबिधिक वडा नं १ का अर्जुन बिष्ट वडा नं २ का प्राबिधिक महेन्द्र तामाङ शिक्षा साखा प्रमुुख कल ब भण्डारी लगाएतले जवाफ दिएका छन । वडामा रहेका हरेक बिकास उपभोक्ता समिति गठन देखि कार्यसम्पन्न सम्म नागरिकले गुनसो गरेका छन ।
वडा नं १ मा रहेको सुदुर पश्चिम प्रदेशको बाजुरा र कर्णालि प्रदेश कालिकोट पलाता १ का समुदाय बिच बिवाद , रहेको र त्यसले उग्ररूप लिईरहेको कुरा छलफलमा उठेको छ ।त्यहा पाध्यक्ष कोसको ५ लाख , दुइ जिल्ला जोड्ने सडक निर्सामाण ,मुदायिक बन र चौकिदारले मजदुरी नपाएको जस्ता गुनासोका रूपमा उठेको थियो ।
त्यस्तै वडा नं २ मा सुस्वा परियोजना, स्थानियर संघी प्रदेश सरकारको सयुक्त लगानिमा बनिरहेको थला तलसेरी गडगडे खानेपानि आयोजनामा अनियमिता भएको , गैरी कब्लियत बनको फडानि नरोकियको सामाजिक सुरक्षा भत्ता गत साउन देखि नपाएको जस्ता गुनासो उठेका थिय ।
कामदारले ज्याला नपाएको, बाजुरा कालिकोट रापडाडा सिमा बिवादका कारण दुइ जिल्लाका समुदाय बिच पटक पटक झडप हुने गरेको र सिमामा बिवाद रहेकाले त्यस क्षेत्रमा रहेको सामुदायिक बनमा समेत जथाभाबि फडानि बढेको छ । यसमा दुइ जिल्लाको गृह प्रशासन मार्फत छलफल गर्ने सहमति गरिएको छ ।३५ लाखमा बनेको वडा कार्यालयको भवन निर्माणमा कामदारले पैसा नपाएको गुनासो उठेको छ ।
सेतामाटामा सडक खन्ने उपाध्यक्ष कोषको ५ लाखको काम नभएको गुनासोमा उपध्यक्ष अलैपुरा हमालले बर्सातमा भत्केको पहिरोमा जालि भर्ने काम भएको बताऊनु भयो ।े
गत साउन देखि सामाजिक सुरक्षा भत्ता नपाएको जस्ता गुनासो उठेका थिय ।
यस्ता छन सार्वजनिक सुनुवाईमा गरिएका प्रतिबद्वता
गरिएका प्रतिबद्वता , सार्वजनिक सुनुवाइमा उठेका गुनासो र जवाफदहि बक्ताले दिएको जवाफलाइ मध्यनजर गर्दै शुसासनका लागी सुधार गर्ने प्रतिबद्वता गरिएको छ । प्रमुख जवाफदेहि बक्ता गाउपालिका उपाध्यक्ष अलैपुरा हमाल , बिषेश जवाफ देहिबक्ता वडा अध्यक्ष मनरूप न्यौपाने र गाउपालिका प्रमुुख प्रशासकियअधिकृत सुरेश कुमार श्रेष्ठ , प्राबिधिक साखा प्रमुुख रमेश बस्नेत ,कृषि साखा प्रमूू रूप ब बम, शिक्षा साखा प्रमुख कल ब भण्डारी पालिका प्रशासन सहायक हेमराज खनाल, सुस्वा परियोजना प्रमुख धिर ब भण्डारी , कार्यपालिका सदस्य मनिजन सार्की, वडा सदस्य जैधन सार्की ,छेउकला सार्की लगाएतले जवाफ दिएका थिय ।
जवाफ दिदै वडा अध्यक्ष मनरूप न्यौपानेले बाजुरा कालिकोट सिमाबिवाद यथावत रहेको र पटक पटक पहल गर्दा माथिल्लो निकायबाट पहल नभएको बताउनु भयो । दुइ जिफ्ला जोड्ने अन्तरजिल्ला सडकको पैसा कर्णालि प्रदेश सरकाारको योजना भएकाले सिमाक्षेत्रको वडा अध्यक्षसंग सहमति गरेेर बाटो निर्माण गर्ने सहमति हो अरू सिमा बिवाद टुंगो नलागेको जवाफ दिएका छन ।प्राबिधिक कर्मचारी समयमा फिल्डमा आएर अनुगमन गरि बिल नउठाएनको कृषिको योजनामा नागरिकका माग सम्बोधन नभएको जस्ता कुरा उठेका छन ।
कार्यक्रममा गरिएका प्रतिबद्वता
१) उपभोक्ता समितिलगठन गर्दा आमभेला नगराइ नगर्ने र उपभोक्ता मार्फत निर्माण गरिएका योजनामा अनियमित हुने , उजुरी पर्ने भएकाले त्यसबाट सचेत हुन , उपभोक्ता गठन गर्दा ब्यापक भेला गराइ गर्ने , योजना रकम भुक्तानि गर्दा पालिकाले योजना स्थलको काम नहुनु पुर्वको स्थल फोटो ,भिडियो , काम हुदै गरेको फोटो ,भिडियो र कार्यसम्पन्न पछि योजनाको लागत होडिङबोर्ड , कामदारका बिचमा सार्वजनिक सुनुवाइ गरि ज्याला मजदुरी बाडेको कागजात अनुगमन समितस मार्फत पालिका पुगे मात्र भुक्तानि गर्ने थिति बसाल्ने प्रतिबद्वता गरिएको छ ।
बिगत लामो समय देखि बाजुरा कालिकोट रापडाडा सिमा बिवाद र सिमामा रहेको सामुदायिक बनको कारण झडप हुदै आएकोले अब उप्रान्त दुइ जिल्लाका समुदायबिच साम्प्रदायिक्ता भड्किन नदिन दुइ जिल्लाका उच्च पदस्थबिच बार्ता गरि सहमति गराउन वडा , पालिकाले जिल्ला प्रशासन कार्यलयमार्फत पहल गर्ने ।
सामाजिक सुरक्षा भत्ता गत साउन देखि नपाएको गुनासोका सन्दर्भमा गाउपालिकाले हरेक चौमासिक निकास लाभग्राहिको खातामा हालिरहेको भए पनि भौगोलिक कठिनाइ बैङकिङ समस्याले लिन नसकेको र जवाफ जवाफदेहि बक्ताबाट आयो । यसका सन्दर्भमा पालिकाले लाभग्राहिलाइ हरेक चौमासिकमा खातामा पैसा गएको सुचना गर्नु पर्ने देखिएको छ ।
पलातामा ईमेल ईन्टरनेट नचलेका कारण ब्यक्तिगत घटना दर्ता देखि हरेक अनलाइन प्रणालिका कामहरूमा ढिला सुस्ति हुने र नागरिकको सुचना पहुचमा कमि देखिएको ले पालिकाले बिपत घटन देखि राम्रा नराम्रो जनाकारी दिन एसएम एस अलर्टमा आबद्व गर्ने गरिएको छ ।
बर्ष भरी काम नहुने चैत बैसाखमा हतारमा काम हुने गरेकोमा अब आर्थिक बर्ष सुरू भएको पहिलो चौमासिक देखि नै पालिकाका योजना सम्झौता गर्ने प्रतिबद्वता गरिएको छ ।
यस पछि सार्वजनिक सुनुवाइलाइ ब्यवस्तिथ र निरन्तर गर्न
पहल गर्ने वडामा रहेका हरेक उपभोक्ता समिति, सार्वजनिक निकाय स्कुल संघसंस्थाले पनि प्रतिबेदन लिएर सार्वजनिक सुनुवाइ गर्ने ।

हजुुर प्रदेश सरकारको जेठका आयो थलातलसेरी खानेपानि सामान खरिद थियो २८ लाख मनि प्यकाकुरेल
पलाता गाउपालिका वडा नं १

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !