चालु आबमा कालिकोटको रास्कोट नगरपालिकाले आन्तरिक राजश्वमामा उल्लेखिय बृद्वी गरेको पाईएको छ । सम्भवत आन्तरिक आयश्रोत बृद्वि गर्ने रास्कोट नगरपालिका कालिकोटको पहिलो स्थानियतह हुने भएको छ । गत बर्ष ४६ लाख बराबरमा आन्तरिक राजश्व उठाएको नगरले चालु आबमा १ कराेडकाे आन्तरिक राजश्व प्रक्षेपण गरिएकाेमा ९५ लाख राजशव संकलन गरी ९५ प्रतिशल आन्तरिक राजश्व उठाएर पहिलो भएको हो। रास्काेट नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को कुल वित्तीय प्रगतिमा समेत ८४.०९% प्रतिशतले बृद्वि गरेको छ । यस्तै आन्तरिक राजश्व महत्त्वपूर्ण स्राेतहरु स्काभेटर , रास्काेट नगर अस्पताल क्यान्टेन , नगर मुख्यालयमा रहेको मिनिमार्केटको सटरभाडा , सडक पटके सुल्क , अस्पताल क्यान्टेन , घरबहाल कर र सिफारिस लगाएत मालपोतकर , ब्यवसायिक कर , बित्तियसस्थाको दर्ता नबिकरण तथा व्यवसायिक कर लगाएतबाट रास्काेट नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ मा ९५ लाख राजश्वसंकलन गरेको रास्कोट नगरका राजश्व साखा प्रमुख डम्मर महराले बताउनु भयो । वित्तीय प्रगतिमा पनि ८४.०९% प्रतिशत सम्पन्न भएको रास्कोट नगर प्रमुखको भनाइ छ । स्थानिय सरकार आत्मनिर्भर बन्ने योजना भनेकै उत्पादन र आर्थिक बृद्वीदर भएकाले नगरको आन्तरिक आयश्रोत बृद्वि गर्नु नगरको पहिलो योजना रहेको नगर प्रमुख शाहिको भनाइ छ । झण्ठै जिल्लाभर यो राजश्व उठाउने पहिलो स्थानिय सरकार भएको रास्कोट नगर प्रमुख धर्मराज शाहिको दाबि रहेको छ । अघिल्लो बर्ष १६ लाख संकलन गरेको नगरले चालु आबमा ९५ लाख राजश्व उठाउन सफल भएको नगर प्रमुखशाहिले बताउनु भयो ।