२० गते बिहिवार दैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गरेको मोटरसाईकल दुर्घटनाहुँदा घाइते भएकी भनिएकि कालिकोट रास्कोट नगरपालिका ६ की जेनी शाहीका आफन्तले घटना रहस्यमय भएको भन्दै घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीमा कर्तब्य ज्यान मुद्वा दर्ता गरेका छन । सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पतालमा उपचारर्थ जेनीको बिहिबार रातिनै मृत्यु भए पछि आफन्तले घटना रहस्यमय भएको भन्दै अनुसन्धान गरी दोशिलाइ कार्वाहीको दाहेरामा ल्याउन माग गरेका छन ।उनिहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कर्तब्य ज्यान मुद्वा दर्ता गराएका छन । धरमपोखरा–रातानाङ्गला सडक खण्डको गुराँस गाउँपालिका–६ गोरु जुधेमा कर्णाली प्रदेश ०२ ००२ प ९३६४ नम्बरको बुलेट बाईक दुर्घटना भएर घाइते भएको भनिएकी जेनी चढेको मोटरसाइकलका चालक सुर्खेत बिरेन्द्रनगर ३ का निमेश थापा बिरूद्व मुद्वा दर्ता गरिएको उनका आफन्तले बताएका छन ।
घटनाको सुरूमा मोटरसाइकल दुर्घटनामा वीरेन्द्रनगर–३ तातापानीका २१ वर्षीय निमेश थापा र रास्कोट नगरपालिका–६ गोर्खाली गाउँ कालिकोटका १८ वर्षीय जेनी शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाए पनि आफन्त मोटरसाइकल दुर्घटना मान्न तयार छैनन् आफन्तले भनेका छन ललाइफकाइ १७ बर्षिया वालिका अपहरण शैलिमा घरबाट लगेर हत्या गरिएको हुनसक्ने भन्दै छानबिन गर्न आग्रह गरेका छन ।
घटना लगतै स्थलमा पुगेको प्रहरी चौकी लालीकाँडाको टोलीले घाइते दुवै जनाको उद्दार गरेर उपचारको लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाएको थियो । तर आफन्तले घटना कर्तब्यज्यान हुन सक्ने भन्दै प्रहरीमा मुद्वा दर्ता गरे पछि थप घटनास्थल अनुगमनका लागी सुर्खेत जिप्रकाको टोली शनिबार मोटरसाईकल दुर्घटना भएको भनिएको स्थलतर्फ गएको रास्कोट नगरका नगर प्रमुख जेनीका आफन्त धर्मराज शाहीले बताउनु भयो ।
यता आफन्तले भने घटनाको कारण खोज्न र सार्वजनिक गर्न माग गरेका छन ।घटना पछी पिडाले बिछिप्त बनेका आमाबुवा सुर्खेत पुगेर जेनी शाही १७ बर्षका मात्र हुन , घरपरिवारले सुर्खेतमा आफु पढ्नु भाइ बैनिलाइ पढाउनु र हेरचाह गर्न भनेर घरमा राखेको मात्र थाहा छ तर उनि एका एक सुर्खेत भन्दा अर्को जिल्ला दैलेखमा घरपरिवारको अनुमति बिना अपरिचित १ ब्यक्तिको बुलेट बाइकमा चढेर दैलेख कसरी पुगिन ? उनि दैलेखको भुगोलमा घाइते अबस्थामा भेटिने र सुर्खेत अस्पतालमा पुगेर मृत्यु भएको खबर जानकारी आएको आफन्त बताउ छन । त्यहा किन गए , उनि कोसंग गएका हुन , उनको ति केटा संगको के सम्बन्ध थियो , परिचय कसरी भयो ,घुमघाम गर्न किन त्यतिको दुरीमा पुगे , दुर्घटनामा चालक सामान्य घाईते हुने जेनिको मृत्यु कसरी भयो ?दुर्घटनाको कारण बिस्तृत चाहिने भन्दै आफन्तले मुद्वा दर्ता नभए सम्म सब नबुझ्ने बताएका छन । उमेर नपुगेकि नावालक जेनि २१ बर्सीया केटा संग परिवारिक अनुमति बिना कसरी घुम्न गईन ? मृत्यु हुदा मोटरसाइकल दुर्टनामा मृत्यु भयो भन्दै घटनालाइ सहज लिन नसकिने परिवारको भनाइ छ ।
यो घटनामा बिछिप्त परिवारहरूले बालिका अपरण पछि सुनियोजित हत्या गरिएको भन्दै आज बिहान मात्रै जिप्रका सुर्खेतमा कर्तब्य ज्यान मुद्वा दर्ता भएको बुझिएको छ । घटना मुचुल्का उठाउन प्रहरी सहितको टोलि धरमपोखरा गएको छ । शव पोष्टमाटम भैसकेको छैन सुर्खेत अस्पतालमै रहेको आफन्तले बताईएका छन ।
मुद्वा दर्ता भए पछि र घटना स्थल मुचुल्का मृतकका परिवारको रोहबरमा बने पछि मात्र शव पोष्टमाटम हुने र आफन्तले बुझ्ने भने पछि आजै जेनिको शव आफन्तले प्रदेश अस्पतालवाट बुझ्ने छन ।