कालिकोट जिल्लाको रास्कोट नगरपालीकामा बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाइएको छ । हामी बनाउँछौं हाम्रो नगर भन्ने मुल नाराका साथ संविधान दिवस तथा राष्ट्रिय दिवश २०८१ को अवसरमा बृहत् साँस्कृतीक कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाईएको हो ।
संविधान जारी भएको ९ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा रास्कोट लाई झल्काउने खालका विभिन्न लोक सांस्कृतिक प्रस्तुति समेत राखिएको थियो ।
उक्त कार्यक्रममा रास्कोट नगरपालीका नगर प्रमुख धर्मराज शाही (पोषण) को सभाअध्यक्षता,जिल्ला समन्वय समितीका सदस्य सुर्जा फडेराको प्रमुख आतिथ्यता,तथा नगर उपप्रमुख मनिराज बराल, प्रमुख प्रशासकिय अधिकृत जवानसिंह बम ,नेपाली काँग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाही,जिल्ला संयोजक डम्मर बहादुर शाही (डि बि),नेकपा एमालेका यूवा नेता दयराम सिम्खडा सम्पूर्ण वडाका अध्यक्षहरु विभिन्न राजनितीक दलका नेता तथा कार्यकर्ता, प्रमुख तथा प्रतिनिधी,कर्मचारी, लगाएत कलाकारहरूको सहभागितामा देउडा प्रर्दशन गरि संविधान दिवश तथा राष्ट्रिय दिवस मनाईएको हो