रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

शंकर माबि सान्नित्रिबेणी १ को सार्वजनिक सुनुवाई , शिक्षामा गुणस्तर र शैक्षिक सुशासन प्रमुख योजना छ : प्रधानाध्यापक कार्की

हरेक सार्वजनिक निकायले वर्षमा तीन पटक हरेक चार ,चार महिनामा सार्वजनिक सुनुवाइ गर्नु पर्ने ब्यवस्था छ ।
जब सार्वजनिक निकायका सूचना लुकाउनु पर्ने र लुकाउन नेतृत्व लाग्छ तब सेवाग्राही र सेवा प्रदायक निकाय बिच आशंका बढ्न थाल्छ र सार्वजनिक निकायको सेवा प्रवाहमा अपारदर्शीता बढ्छ । त्यस कारण सार्वजनिक निकायको नेतृत्व जब खुल्ला हुन थाल्छ त्यसका समस्या जनस्तरबाट समाधान हुन्छन भन्ने मान्यतालाई प्राथमिकता दिदै सान्नि त्रिवेणी गाउँपालिका स्थित शंकर मावि सेरीज्युलाले सार्वजनिक सुनुवाइ गरेको छ ।
महिलाले नेतृत्व गरेको विद्यालय शंकर माविले विद्यालयमा ओैपचारिक रूपमा विधिपूर्वक यसरी अभिभावक र सरोकारवाला राखेर सार्वजनिक सुनुवाइ गरेको हो । कार्यकाल भरी वर्षमा तीन पटक सार्वजनिक सुनुवाइ गर्ने याेजना बनाएकी प्रधानाध्यापक मिना कार्कीले प्रतिवेदन बाचन गर्दै आ.ब २०८०/०८१ को आय ब्याय सार्वजनिक गर्नु भयो । विद्यालयमा आयोजित अभिभावक भेलामा बिद्यालयका प्रधानाध्यापक कार्कीले आय ब्याय र समग्र प्रगती प्रतिवेदन पेेस गर्नु भयो । सार्वजनिक सुनुवाइ कार्यविधि र मापदण्ड अनुसार पहिलाे पटक भएकाे र विगतका वर्षमा यसरी सार्वजनिक सुनुवाइ नभएकाे कार्यक्रमका सहभागीले बताएका थिए। वि ब्य स अध्यक्ष गंग बहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिवेदन बाचन गर्दै प्रधानाध्यापक कार्कीले आफ्नो मुख्य उधेश्य बिद्यालयको शैक्षिक गुणस्तर र आर्थिक पारदर्शीता र शुसासन रहेको बताउनु भयो । कार्यक्रममा प्रधानाध्यापक कार्कीले महिलाले प्रशासनिक कामकाज समालेको संस्थामा बिकास योजना ल्याउने सवालमा गलत संस्कार बसेकाले भौतिक बिकास गर्न त्यति सहज नभए पनि भएको साधानश्रोतलाइ पारदर्शिढंगले सदुपयोग गरेर शैक्षिब गुणस्तर र शुसासन देखाइ दिने दाबि कार्किको छ ।
कार्यक्रममा बिद्यालयका संस्थापक शिक्षक ,पुर्व प्रधानाध्यापक हर्क बहादुर गिरीलाई बिदाइ समेत गरिएको हो । विदाइ कार्यक्रममा वडा नं. १ का वडा सदस्य शक्ति बटाला, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य एवं भु पु १ नं वडा अध्यक्ष भरत सार्की (अाकास) ,नेपाली कांग्रेस प्रदेश ख सचिव मेघराज बिष्ट , खाडाचक्र भेटनरी शाखा प्रमुख पूर्ण ब गिरी ,स्वास्थ्य चाैकी सेरीज्युलाका इन्चार्ज दीर्घ नेपाली लगाएले बिदाई भएर जाने भुपु प्र अले शंकर मावि स्थापना देखी सेवा निवृत हुने दिन सम्म विद्यालयमा अतुलनीय याेगदान गुर्नुभएकाे र बाकी जीवन राजनीतिमा लाग्न समेत अाग्रह गर्नुभयाे । बिदाइ कार्यक्रममा अाफ्नाे धारणा राख्दै सेवा निवृत गिरीले विद्यालयलाई अाफ्नाे छाेरा जस्तै माया गरी याे अवस्थामा ल्याइ पुर्याएकाे र अझै पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विद्यालयकाे उन्नयनका लागि निरन्तर लागिरहने बताउनु भयाे ।कार्यक्रममा दशै, तिहार विशेष शुभकामना आदान प्रदान कार्यक्रम समेत जोडिएको थियाे । विद्यालय सेवा क्षत्रका समाज सेवी ,बुद्धिजीवी, अभिभावक, शिक्षाप्रेमी ,शिक्षक ,बिद्यार्थी काे उपस्थित रहेकाे कार्यक्रमकाे सञ्चालन सहायक प्र अ सुजन बहादुर बिष्टले गर्नुभएकाे विद्यालयका सूचना अधिकारी खेमराज गिरीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !