कालिकोट- रास्कोट नगरपालिकामा संचालन भएको स्वास्थ्य शिबिरमा एक हजार ५९ जना बढीले स्वास्थ्य चेकजाच गराएका छन । रास्कोटमा यति धेरै बिरामीले सेवा लिएको बिषेसंज्ञ सेवा सहितको पहिलो सिबिर हो । आइतबार देखी मंगलबारसम्म रास्कोट अस्पताल गोउतुमा संचालन गरिएको निशुल्क बिषसंज्ञ शिबिरमा रास्कोट नगर र छिमेकी पालिकाका एकहजार पाँच सय ५९ जना बिरामीहरुले सेवा लिएको रास्कोट नगरले जनाएको छ ।
बिषेसंज्ञ स्वास्थ्य सेवा लिन राजधानी र सुबिधा सम्पन्न सहर , नेपालगंज बुटवल, काठमाडौंसम्म पुग्नु पर्ने बाध्यतामा रहेकाले अहिले रास्कोटमै बिशेषज्ञ डाक्टरहरु सहितको उपस्थितिमा शिबिर सूचारू भए पछी स्वास्थ्य चेकजाँच गराउन पाउदा बिरामीहरुले खुसी भएका छन ।शिविरमा निःशुल्क औषधी वितरण, ल्याब सेवा पिसाब, सुगर जाँच, ईसिजी, भिडियो एक्सरे सेवा प्रदान गरिएको हो । नगरपालिकाले नागरिकको स्वास्थ्यलाई पहिलो प्रथामिकता राखेर हरेक महिना १ दिन क्रमश हरेक वडामा डाक्टर सहित घरदैलोमै स्वास्थ्य सेवा दिने गरेको रास्कोट सरकारले नागरिकलाइ थप सुबिधा दिन शिबिरको आयोजना गरेको रास्कोट नगरपालिकाका नगरप्रमुख धर्मराज शाहीले बताउनु भयो ।
जिल्ला वासीको लागी भरप्रदो सुबिधा सम्पन्न मानिएको एक मात्र जिल्ला अस्पतालमा समेत हाडजोर्नी र प्रसुती सेवा बाहेक अन्य रोगको बिशेषज्ञ डक्टरहरु छैनन् । जिल्लामा भौतिक संरचना अभावले पनि बिशेषज्ञ सेवा दिन कठिन रहेको भए पनि रास्कोटले देश बिदेशमा सेवा दिएका चिकित्सकहरूको उपस्तिथि रास्कोटमा गराएको बताईएको छ ।
एकहजार पाँच सय ५९ जना बिरामी मध्यमा अधिकासं महिलामा पाठेघर सम्बन्धीका बिरामी रहेको उपचारमा संलग्न डा. ललितजंग शाहीले बताउनु भयो ।
डाक्टरफर नेपाल र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लाको आर्थिक तथा प्राविधिक सहयोग र रास्कोट नगरपालिका र अस्पतालको समन्वयमा संचालन गरिएको शिबिरमा महिलाहरुको पाठेघर खस्ने समस्या अध्यावधिक रहेकाले यो शिबिर राखेको अस्पतालका व्यवस्थापन कौशल न्यौपानेले बताउनु भयो । शिबिरमा स्त्री रोग हाड जोर्नी तथा परिवार नियोजन सम्बन्धी उपचार तथा जाँच गरिएको थियो ।बिषेश गरी दुर्गममा महिलाहरुमा पाठेघरखस्ने समस्याले ग्रसित हुने गरेका छन। यस्ता खाले समस्याहरुको उपचारको लागी नगरपालिका संग सल्लाह गरेर शिबिर संचालन गरेको व्यवस्थापक न्यौपानेले बताए ।डाक्टर फर नेपालका फाउण्डर लगानीकर्ता विदेशी नागरिक प्रसुती रोग विषेशज्ञ डाक्टर केटयारोले दुर्गमका जिल्लामा बसोवास गर्ने महिला लक्षित सेवा दिँदै आउनु भएको छ । रास्कोटमा जारी शिविरमा गाईनोका समस्याका ५१८ जना र हाडजोर्नीका ५०३ जना गरि एक हजार २१ जनाले सेवा लिएका छन् ।तिनदिने शिबिरको समापन समारोहमा नगरप्रमुख धर्मराज शाहीले हाम्रो जस्ता दुर्गम क्षेत्रमा पहिलो आवश्यकता भनेको स्वास्थ्य शिक्षा नै हो । औषधी ृउपचार नपाएर कोही कसैले मुर्न पर्ने अवस्था नआवस भनेर हामिले महिनाको एक पटक सवै वडामा स्वास्थ्य शिबिर संचालन गरिरहेका छौ । नियमित नगरपालिकाले दिने स्वास्थ्य सेवा आधारभुत हो । यस्ता खाले शिबिरकाट दृर्घ रोगी र स्त्रिरोग सम्बन्धी रोगको उपचारको लागी यो शिबिरको आयोजना गरेका हौ प्रमुख शाहीले बतााउनु भयो ।