रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

एमाले कालिकोटको पत्रकार सम्मेलन , चौथो जिल्ला कमिटी बैठकका एजेण्डा सार्वजनिक 

कालिकोट जिल्ला स्थिति नेकपा एमाले कालिकोट जिल्लाको चौथो पुर्ण बैठकले लिएका निर्णय सार्वजनिक गर्न एमाले कालिकोटले पत्रकार सम्मेलन गरेको छ । एमाले कालिकोटका प्रचार बिभाग प्रमुख उपसचिव पवित्र कुमार शाहीको अध्यक्षयतामा आयोजित सम्मेलनमा एमाले कालिकोटका अध्यक्ष तुलाराज मल्लले बैठकका निर्णय सार्वजनिक गर्नु भयो । बैठकले आउदो मंसिर १६ गते हुने उपनिर्वाचन अन्तरगत तिलागुफा ४ को निर्वाचन सम्पन्न गर्न पार्टी नेता तपेन्द्र शाहीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको बताउनु भयो ।

अध्यक्ष मल्लले ,जिल्ला का नौ वटै पालिकामा ब्याप्त अनियमिता र बिकासका भएको ढिलासुस्ति बिरूद्व खबदारी सभा गर्ने निर्णय भएको बताउनु भयो । पार्टीले सो क्रममा पाइला नामक अभियान संन्चालन गर्ने बताउनु भयो । बिगत लामो समय देखि पलाता गाउपालिका १ पुलाहा र बाजुरा जिल्ला साप्पाटाको सिमा बिवादबारे छलफल गर्न प्रधानमन्त्रिको नेतृत्वमा रहेको अन्तर प्रदेश समन्वय परिसदलाइ ध्यानआकर्षण गराउने समेत निर्णय गरेको छ ।यता पलाता गाउपालिका राडुमा बलेरो दुर्घटनामा ज्यान गुमाउने ७ जना प्रति श्रदान्जलि सोक प्रस्ताव समेत पास गरेको छ अध्यक्ष मल्लले बताउनु भयो ।

बलेरो जिव दुर्घटना हुनुमा सडक स्तर ,सडक पहुच नहुनु मुख्य समस्या भन्दै पलातालाइ सिधा कर्णा लस लोक मार्ग संग जोड्न पहल गर्ने भन्दै थिर्पु क्षेत्रमा कर्णालि नदि बेल्केढुंगा बेलिब्रिज र अन्यसहायक नदि खोलामा निर्माणाधिन पक्कि पुलहरूको निर्माणमा भएको ढिलासुस्तिबारे ध्यान केन्द्रित भई पहल कदमि लिने निर्णय भएको एमाले अध्यक्ष मल्लले सुनाउनु भयो । बर्तमान सत्ता गठबन्धन दक्षिण पन्थि र बामपन्थि दफबिच भएकाले यो दिगो रहन्छ भन्ने प्रश्नमा पार्टी केन्द्रिय सदस्य रहेका नगेन्द्र ब शाहीले सत्ता समाजदारी सम्ममात्र बुझ्न आग्रह गर्नु भयो ।

पत्रकार सम्मेलनमा प्रमुख अतिथि समेत रहनु भएका शाहीले पाइला अभियान अन्तरगत पालिका ,पालिकामा हुने बिरोधसभामा शुसासनका एजेण्डा उठाउने बताउनु भयो । पालिका पालिकामा सन्चालन हुने शुसासन अभियानले पलाता घाटाचौर बेल्केढुंगामा यस अघिनै फेरी बनेको भनेर भएको ५० लाख बढि भुक्तानिको छानबिन , पलाताकै अन्य नदिखोलामा निर्माणा धिन अलपत्र पुलपुलेसा किन बनेन भन्ने कुरा संग पनि सरोकार राख्ने बताउनु भयो । एमाले पार्टी कार्यालय मान्ममा आयोजित पत्रकार सम्मेलनमा अन्य पार्टी संगको एकता ,तालमेल र समन्वयका लागी पार्टी केन्द्रिय समिति सदस्य नगेन्द्र शाही संयोजक रहेको समिति समेत गठन गरेको एमाले कालिकोटले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !