रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

पहिलो दिनमै ३,५३८ जनाले लगाए ,कोभिड १९ विरुद्धको खोप  

कालीकोट जिल्लाका नौं वटै स्थानीय तहमा कोभिड १९ विरुद्धको खोप अभियान सुरु,भएसँगै पहिलो दिनमै ३ हजार ५सय ३८ जनाले लगाए खोप लगाएका छन् ।मंगलबार जिल्लाभरिका खोप केन्द्र रहेका अस्पतालहरूमा अस्पतालका प्रमुख चिकित्सकहरूले खोप लगाएपछि खोप अभियान सुरु भएको हो ।

खोप अभियानको पहिलो दिन खाँडाचक्र नगरपालिकामा ८ सय ५१ जना, पलाता गाउँपालिकामा ८ सय ४ जना, नरहरीनाथ गाउँपालिकामा ६ सय ९२ जना, महावै गाउँपालिकामा ५ सय १६ जना, तिलागुफा नगरपालिकामा १ सय ९३ जना, पचालझरना गाउँपालिकामा ४ सय ८२ जना गरी ३ हजार ५ सय ३८ जनाले खोप लागएका स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भएको छ ।

उहाँका अनुसार रास्कोट नगरपालिका , सान्नीत्रिबेणी गाउँपालिका र शुभकालिका गाउँपालिकाको बिवरण आउन भने बाँकी रहेको बताउनु भएको छ । खोप अभियान भोली पनि निरन्तर चल्ले समेत बताइएको छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !