कुनै सरकारी निकाय , कार्यालय , संगठन ,समुह र पार्टी मा अनुशासन हुन्छ र सोपानक्रममा चलेको हुन्छ । कार्यालय सहयोगिले खरीदार नटेर्ने खरिदारले सुब्वा नटेर्ने शुब्बाले अधिकृत नटेर्ने अनुशासन कर्मचारीमा देखिन्छ भने वडा सदस्यले वडा अध्यक्षलाइ नटेर्ने, वडा अध्यक्षले उपाध्यक्ष र उपाध्यक्षले अध्यक्ष नस्वीकार्ने परिपार्टी जहातही छ तर त्यो थिति कालिकोटका सान्नित्रिबेणीगाउपालिका , शुभकालिका र खाडाचक्र नगरपालिकामा ब्यसिक छ। जसका कारण आज हाम्रा स्थानियतह अस्तब्यस्त छन ।
स्थानिय सरकारलाइ संघिय संरचनासंग जोड्न स्थानिय सरकारको कार्यालय प्रमुुख संघिय सरकारको कर्मचारी हुने ब्यवस्था गरेको छ । जस अनुसार गाउपालिकामा अधिकृत र नगरपालिकामा उपसचिव र सहसचिव हुने ब्यवस्था छ । तर स्थानिय सरकारको बिवाद , जनप्रतिनिधि दवाव, अख्तियारमा उजुरी र कानुनि बाधाब्यवधानको कारण स्थानियतहमा कार्यकारी जानै नमान्ने बलजफति थमाईएका कार्यकारी पनि स्थानिय राजनिति खिचातानिको दवदवाह सहन नसकेर पठाईएका कार्यकारी पनि बिच बाटोबाटै फर्किने , हाजिर नहुदै सरूवा खोज्ने गरेको देखिन्छ ।
स्थानियतहमा अहिले पनि संघिय सरकारले पठाएका कार्यकारी ६ महिना नपुग्दै फर्किने गरेका छन । जिल्लाको खाडाचक्र र रास्कोट नगरपालिका बाहेक ७ वटामा पठाईएका प्रशासकिय अधिकृत ३ महिना पनि बस्न नसकेर फर्किएका छन । कति त पालिकामा हाजिर नभएर फर्केका छन । तिलागुफा नगरपालिका , महावै गाउपालिका , शुभकालिका गाउपालिका र खाडाचक्र नगरपालिका , पलाता गाउपालिकामा र रास्कोट नगरपालिकामा अहिले पनि निमित्तले कामकाज संन्चालन गरि रहेका छन ।
पछिल्लो समयका लोगसेवा आयोगले पचालझरना गाउपालिका र सान्नित्रिबेणीमा नया प्रशासकिय अधिकृत पठाएपछी त्यहाको स्थानिय राजनितिमा तरलता छाएको छ । अधिकृत मन्त्रालयले पठाउने तयारी नगरेकै अगाडी कुन पार्टीको कुन बिचार आस्ताको भनेर छलफल चलाइन्छ । निमित्त कामकाज गरिरहेका कर्मचारीको साथ सपोटभन्दा काममा असयोग गर्ने निति लिए पछि कामकाजगर्न असहज हुने खालका गतिबिधि गरेको नाम नबताउने सर्तमा एक कर्मचारी बताउछन ।
कतिपय गाउपालिकामात १ बर्षमा दर्जनौ कार्यकारी फेेरीने गरेका छन ।
कर्मचारीको कार्यसम्पादन मापदण्ड स्पस्ट नहुदा सबेैैभन्दा सान्नित्रिबेणीमा गाउपालिकामा हाल समस्या रहेको देखिन्छ । यस अघि पटक पटक गाउपालिकामा कार्यकारी पुगेर हाजिर गराउनबिवाद हुने बिचबाटोबाटै फर्किने गरेको देखिन्छ ।
शान्नित्रिबेणीको एक रहस्य हिजो आज बाहीरिएको छ। पछिल्लो बेला लामो समय प्रशासकिय अधिकृतको जिम्मा समालेका निमित्त प्रमुख प्रशासकिय अधिकृत नेत्र ब शाहीको ठाउमा अधिकृत प्रेम ब बढुवाल कामकाजमा पुगे पछी त्यहा अघिल्लो साताको कार्यपालिका बैठकमै बिवाद भएको थियो । निमित्त प्रशासकिय अधिकृत नेत्रराज शाहीलाइ नै जिम्मा दिनु पर्ने पक्षमा केही जनप्रतिनिधि उभिय भने केही उनको काज फिर्तागरेर नया आएका बुडुवाल लाइनै जिम्मा दिने पक्षमा उभिए । गाउपालिका अध्यक्ष नै नया अधिकृत देखी फाटवाला सबै कर्मचारीको जिम्मेवारी फेरबदल गर्ने पक्षमा उभिय पछि त्यहा अर्को पक्षले फोनमा धम्काउने, हप्काउने गरेको बताईएको छ ।
नक्कली दस्तखत गरेर मन्त्रालयमा सरूवाको निबेदन
अर्को महत्वपुर्ण रहस्य त प्रशासकिय अधिकृत प्रेम बढुवालका नामको दस्तखत किर्ते गरेर निबेदन लेखी म सान्नित्रिबेणीमा जाननसक्ने बेहोराको निबेदन संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयमा दिएको भेटियको छ। किर्ते हस्ताक्षर गरेर सान्नित्रिबेणीमा कामकाजमा रहेका प्रेम बुढुवाललाइ दैलेख सरूवा गराएर निबेदन दिएको श्रोतले बताएको छ । सरूवा भएको एक महिनामै अर्को ठाउमा सरूवा भएको पत्र पछी मन्त्रालयमा बुझ्दा तपाइको निबेदन छ भन्ने जवाफ आएको प्रशासकिय अधिकृत प्रेम बडुवालले बताउनु भयो । गाउपालिका प्रशासकिय अधिकृत प्रेम बुडुवालले मन्त्रालयमा फोन गर्दा आफ्नो नक्कली हस्ताक्षर गर्नेको मन्त्रालयले अनुसन्धान गरिरहेको आफुलाइ जानकारी आएको बताउनु भयो । नक्कली निबेदन खडा गरी पेस गर्ने ब्यक्तिको खोजिकार्य भैई रहेको बडुवालको भनाइ छ ।