रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

खाडाचक्रमा कार्यकारी बिवाद , दैनिक प्रशासनिक कामकाज ठप्प ,सेवाग्रहिलाइ सास्ति

आजभोलि खाडाचक्र नगरमा कर्मचारी घामतापेर बसेका छन, भने जनप्रतिनिधि कार्यवहाकको सारेवहाक बनाउदै एकले अर्कोलाइ सार्दै पन्छिने गरेको देखिएको छ । निमित्त नगर प्रमुखको जिम्मेवारी पाएका खाडाचक्र ४ का वडा अध्यक्ष प्रभानन्द आचार्यले कटाक्षे गर्दै भने म त सारेबहाकबाट निमित्त पाएको हु । नगर प्रमुखले नगर बाट बाहीरीदा उप प्रमुखलाइ छाडे उपप्रमुख बाहीरीदा मलाइ छाडे मैले नभ्याउने भए पछी वडा नं ८ का अध्यक्ष नन्द ब मल्ललाइ छाडे उनि पनि बाहिरीदा अर्कैलाइ सार्छन होला त्यसैले नगरमा को छ भन्दा सारेवहाक छन भन्ने गरेको छु ।
जिल्लाको खाडाचक्र नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी बिवाद सहतमा आएको छ । यस अघि नगर प्रमुखले जिम्मेवारी तोकेका निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रबलजङ शाहीले असार ५ गते राजिनामा दिएसंगै गत साउन देखीनै खाडाचक्रमा कार्यालय प्रमुख बिवादमा रहेको देखिन्छ । कार्यालय प्रमुख नहुदा जनताका दैनिक प्रशासनिक कामकाजमा असर परेको छ । खाडाचक्रमा जनप्रनिधि र कर्मचारी बिचमा समेत चर्को अन्तरबिरोध देखिएको छ । कार्यकारीकै बिषयलाइ लिएर,हाल कर्मचारी र जनप्रतिनिधि दुइभागमा बाडिन थालेका छन । यसले गर्दा दुइ पक्षबिच कुनै पनि बेला मुढभेटको अवस्था आउन सक्ने देखिएको छ । हाल एकले अर्काका आन्तरीक कर्तुतहरू बाहीर सामाजिक संन्जालमा ल्याउन थालेका छन । कार्यकारीको बिषय बिवाद बल्झिएको लामो समय भईसकेको छ । स्थानियतहमा यस्तै बिवाद सुल्झाउन कठिन हुने भन्दै कार्यकारी जिम्मेवारी समाल्न आउनै नमान्ने, आएका कार्यालय प्रमुख झमेलामा पर्ने गरेको देखिन्छ । हाल पुर्व निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रबलजंग शाही र अर्का अधिकृत कर्मचारी अबिराज शाही पक्षधरको समाजिक सन्जालमा जुहारी चलेको देखिन्छ। केही समय अघि अधिकृत छैटौ रहेका अबिराज शाहीलाइ एकतह बृद्वी गरेर मन्त्रालयबाट प्रशासनिक कामकाजको जिम्मा दिएसंगै उनलाइ नगर प्रमुखलेनै सातौ बनाई जिम्मेवारी दिएको भन्दै प्रबलजंग शाहीले उजुरी दिए पछि उनको जिम्मेवारी खोसिएको थियो । उनको जिम्मेवारी खोसिएसंगै हाल अबिराज शाही पक्षधरले पनि प्रबलजंग शाहीको पनि मनोमानि बुढुवा भएको र बिगत ५ बर्ष देखी गैरकानुनि तलव सुबिधा लिईरहेको भन्दै सामाजिक सन्जालमा अबिराज शाही पक्षधरले बताउन थालेका छन । स्थानियतहको कर्मचारी समायोजन भएर आएको र यस अघिकै सरकारले कानुन बनाइ रातारात अधिकृत छैटौंबाट अधिकृत सातौ भयको र उनले लिएको तलव सुबिधा पनि महालेखाले गैरकानुनि भनेको हुनाले प्रबलजंग शाही पनि उनले दाबि गरे जस्तो सातौ नभएर छैटौनै रहेको खुलासा भएको छ । यद्दपी ऐन , नियमावली जारी भएका बगत दुबै जना सोतह सातौ हुने देखिन्छ । तत्कालिन जनप्रतिनिधिलाई कानुन सम्मत नभएको भनी कर्णाली प्रदेश लोकसेवा आयोगले मिति २०८७ /१०/०४ गते लोकसेवा आयोग ऐन २०७५ को दफा ६ को उपदफा ६ को खण्ड ग बमोजिम लोकसेवा आयोगको परामर्श नलिइ गरेको बढुवा सोही ऐनको दफा ७१ को उपदफा१ बमोजिम बढुवा बदर गर्ने भनी कर्णाली प्रदेशका सबै स्थानीय तहलाइ परिपत्र गरीसकेकाले पनि शाहीले उक्त लोकसेवा आयोगको पत्रलाइ ब्यवस्था गरि बढुवा बापतकै सेवा सुबिधा लिएको दाबि अबिराज शाही पक्षधरको छ । शाहिको बढुवाको बिसयलाइ लियर महालेखा परिक्षकको लेखापरीक्षण प्रतिबेदनमा आर्थिक बर्ष २०७८ /२०७९ देखि हालसम्मको सबै बर्षसम्म अधिकृत सातौ को खाइपाइआयको तलब भक्ता अनियमित भनी नगर प्रमुख समक्ष बुझायको बार्शिक प्रतिबेदनमा समेत उल्लेख छ। उक्त प्रतिबेदनमा लेखियको ब्यहोरामा पनि लोकसेवा आयोगको परामर्श नलिइ तथा प्रचलित कानुन बमोजिमको प्रकृया पूरा नगरी गरियको बढुवा बाफत खायको तलब भत्ता अनियमित भयको र नगरपालिकाले आवस्यक कारबाही गर्ने भनी उल्लेख गरियको देखिन्छ ।
खाडाचक्र नगरका प्रमुख कमल बहादुर शाहीले प्रबलजंग शाही आफ्नो पारिवारीक निकट्ता भएको ब्यक्ती पनि भएकाले सिनियर कर्मचारी जसि प्रसाद चौलागाइले राजिनामा दिएपछी पहिलेकै सरकारले सातौमा बढुवा गरेका कर्मचारी भएकाले नियमसंगत हो या होइन नहेरी प्रमुख प्रशासकिय अधिकृतमा जिम्मेवारी दिएका थियौ तर उहा आफैले असारमा पटक पटक राजिनामा दिएकाले बाध्यात्मक परिस्थितिमा अबिराज शाहीलाइ बिगतको उहाहरूलेनै बसालेलेको थितिअनुसार र अबिराज शाहीलाइ छैटौ लेख्नु पर्नेमा सातौ लेखेर मन्त्रालयमा सिफारीस भयो तर अहिले नगर सरकारलाइ असफल बनाउने गरी भएको सिनियर भनियका कर्मचारीको हालिमुहालिका कारण जनताको कामकाज अप्ठेरोमा पारेको प्रतिक्रिया दिनु भयो ।
नगर प्रमुख कमल बहादुर शाहीका अनुसार मलेपको प्रतिवेदन अनुसार अबिराज शाही र प्रबलजंग शाही दुबै सातौ नभई छैटौनै भएको देखिन आएकाले उक्त कर्मचारीको तलब भक्ता अनियमित भयको भनी उल्लेख गरेको हुदा प्रक्रिया पुरायर असुल गरीने र अधिकृत सातौको तलब भक्ता अब उप्रान्त नखुवाइने तथा अधिकृत सातौ बाट छैटौंमा सोत ऐन बमोजिम अधिकृत छैटौमा घटुवा हुने अबस्था देखिएकोबताउनु भयो । अधिकृत छैटौंको तलब भक्ता मात्र उपलब्ध गराउने प्रतिकृया दिनु भयो।
नगर प्रमुख शाही प्रमुख प्रशासकिय अधिकृत प्रबलजंग शाही प्रति चिडिएका छन । कामकाज सक्दैन भनि राजिनामा पनि दिने अर्कोलाइ कामकाज दिन नदिने भन्दै चिडिएका हुन नगर प्रमुख कमल बहादुर शाहीसंग राजिनामा दिए पनि नगर प्रमुखले कार्यपालिकाको निर्णय बमोजीमनै प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी अबिराज शाहीलाइ नदिएर मनोमानि सरसल्हा बिना आफुले आफुलाइ नै बढुवा गरेर हतारो गरेको प्रति दुख लागेको प्रबलजंग शाहीको भनाइ छ ।
अबिराज शाही छैटौ अधिकृत लाइ सातौ भनेर किन जिम्मेवारी दिनु भयो भनि सोधिएको प्रश्नमा नगर प्रमुख शाहीले उहा पनी बिगतमा झन कुनै आयोगबाट आएको नभइ जिल्ला बिकासको स्थायी भएकाले उहालाइ सातौ हुने अवस्थामा उहा पनि हुनपाउनुहुन्छ भन्ने भएर जिम्मेवारी तोकिएको तर हाललाई नभए पनि एक ,दुइ महिना भित्र उहा सातौ सोतह हुने हुदा उहालाइ जिम्मेवारी दिन खोजिएको बताउनु भयो ।
यस अघिकै सरकारले बढुवा गरेको रहेछ त्यसको बावजुद अहिलेको सरकारले पनि गर्न पाइन्छ भन्ने भयो तर सिफारीस गरियो मन्त्रालयले मानेन त्यस बिषयमा आफु बिवाद सामाधान गर्न लागि परेको छु तर उहाहरूको फेसबुके जुहारीले उहाहरूलाइनै घाटा गर्छ मेयर शाहीले प्रतिक्रिया दिनु भयो ।
यता यस बिषयमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले आफ्नो गम्भिर ध्यान केन्द्रित भएको र स्थानिय बिकास मन्त्रालयमा जानकारि गरेको बताउनु भयो । उहाले खाडाचक्र र जिसस हेेर्ने गरी उपसचिवतहकै कर्मचारी मगाएको र त्यसले मात्र समस्या सामाधान हुने बताउनु भयो । अन्यथा उहाहरूले एकले अर्कोलाइ स्वीकार गर्न नसक्ने अबस्था देखिएको बताउनु भयो ।
यता कार्यवहाक नगर प्रमुख प्रभानन्द आचार्याले खाडाचक्रमा सुरू देखिनै कार्यपालिका एक ठाउमा आउन नसक्नुको परिणाम हो । हाल खाडाचक्र नगरको कार्यपालिका सदस्य हुन भन्न पनिलाज लाग्ने भईसकेको छ । कार्यपालिका बैठक बस्छ निर्णय माइनटमा के लेखियो जानकारी वडा अध्यक्षलाइ हुदैन हुदा हुदा जनप्रतिनिधिको अन्तरबिरोध समाएर कर्मचारीलाइ प्रयोग गर्दै मनपरि सुरू भयो हाल नगर अस्तब्यस्थ भएको स्वीकार गर्नु भयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !