बादी अल्पसङ्ख्यक जातिहरूमध्येको एक समुदाय भएकाले यसको जगेर्ना र शसक्तिकरण जरूरी रहेको सामाजिक बिकास कार्यालय कालिकोटका प्रमुख रमेश लोहारले बताउनु भयो । सामाजिक विकास कार्यालय कालिकोटले आयोजना गरेको बादि समुदायको शसक्तिकरणका लागि दुइ दिने क्षमता अभिबृदि तथा शसक्तिकरण कार्यक्रमको समापनमा बोल्दै कार्यालय प्रमुख लोहारले यस्तो बताउनु भयो । सामाजिक विकास कार्यलय प्रमुख समेत रहेका रमेश लोहारको अध्यक्षतामा र समन्वय समिति उप प्रमुख मिना रावत विक को प्रमुखआथित्यतामा आयोजित कार्यक्रममा जिल्ला सदरमुकाममा रहेका ४४ जना बादी समुदायका सदस्यहरूको सहभागिता रहेको थियो ।
जातीय पहिचान जोगाउन कर्णालि प्रदेश सरकार सामाजिक बिकास कार्यालयको आयोजनामा बादी समुदायको शसक्तिकरणका लागी आयोजित दुइ दिने अभिमुखिकरणमा बादी समुदायको हक अधिकार , अल्पसंख्याक समुदायले राज्यले दिने आरक्षण र समाेवेरी सहभागिताका बिषयमा अधिबक्ता दमनराज बम , दलित अधिकार कर्मी रमेश नेपाली लगाएतले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा सहजीकरण गर्दै दलित अधिकार कर्मी रमेश नेपालीले बिगतमा वादी समुदायको अस्मितामा सस्तो मूल्यमा बिक्रि हुने गरेको भन्दै समुदायको कला र संस्कृतिको जगेर्ना गर्न जरूरी रहेको बताउनु भयो । उहाले हरेक उद्देश्यका मानिसहरू बादी जाति रहेको बस्तीमा पुग्ने र उनिहरूको गरिबिसंग ब्यपार,गर्ने गरेको बताउनु भयो । राम्रा नराम्रा सबै किसिमका मानिसहरूको नजर बादी समुदायका मानिसहरूको अस्तित्वमा खेलवाड गरिरहेको र संघिय लोकतान्त्रिक ब्यवस्था दलित जनजाति ,अल्पसंख्याक समुदायको सारथि बनेको बताउनु भयो । राजा रजौटाको समयमा कुन राजा र भारदारहरूका बैठकमा बादी युवतीहरूको नृत्य देखाउने खेलौनाको रूपमा लिने गरिएको बताउनु भयो ।
अर्का सहजकर्ता अधिबक्ता दमनराज बमले समुदायका महिला समाजको गलत दृष्टिमा बाँच्न बाध्य रहेको भन्दै आफ्नो आवाज सुनाउन, हामी पनि नेपाली हौं, हामीलाई पनि हक र अधिकार चाहियो, हाम्रो बादीजातिको संरक्षण र सुधार होस् भनेर बादीजातिहरूले गरेको आन्दोलन आन्दोलन गर्दै यसरी अधिकार प्राप्त भएको बताउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख मिना रावत बिकले बादी समुदायलाई सामाजिकीकरण गर्न सुरूवात भएको बताउनु भयो , तर राज्यको पहुँच र समानता र समानुपातिक अधिकार दिलाउन कुनै पनि पार्टि सरकारले ध्यान दिएर लाग्नु पर्ने बताउनु भयो ।नेपालमा पानि नचल्ने निच जाति भनेर अपहेलाना गरेर बादीसमुदाय अपहेलित भएको बताउनु भयो ।
उहाले हालको अवस्था नेपालमा चलेको जनयुद्ध र बिभिन्न आन्दोलनको उपलब्धि भएको बताउनु भयो ।
कार्यक्रममा सहभागि बादी समुदाय र अल्पसंख्याक जातजातिको अधिकारका लागी वादी अधिकार मञ्चका पदाधिकारीहरूले अधिकार कानुनमा लेखिए पनि कार्यान्वयनमा चुनौति देखिएको बताउनु भयो ।